site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘नेपोटिजम’को बहसकाबीच सेलिब्रेटीले गरे कमेन्ट सेक्सन बन्द
Sarbottam CementSarbottam Cement

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याले बलिउड इन्डस्ट्रीमा ‘नेपोटिजम’बारे चर्को बहस हुन थालेको छ ।

एक ठूलो समूहले सुशान्तको आत्महत्याको कारण बलिउडमा व्याप्त क्याम्प र भाइ–भतिजावाद भएको आरोप लगाइरहेका छन् । जसका कारण बलिउडका केही निर्देशक र स्टारकिडहरू सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् । 

सामाजिक सञ्जालमा नराम्ररी ट्रोल र गालीले भरिएको म्यासेज आउन थालेपछि सेलिब्रेटीहरूले सामाजिक सञ्जालमा कमेन्ट गर्न नमिल्ने बनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आलिया भट्ट

निर्देशक, निर्माता महेश भट्टकी छोरी अभिनेत्री आलियालाई करियरको सुरुवातदेखि नै नेपोटिजमको विषयमा ट्रोल गरिन्थ्यो । यद्यपि आलियाले आफ्नो अभिनयले त्यो आरोपलाई गलत प्रामाणित गर्न सफल भइन् । 

Global Ime bank

तर, सुशान्तको आत्महत्याले आलिया पुन एकपटक यही विषयमा सामाजिक सञ्जालको ट्रोलको सिकार हुन थालेकी छन् । जसका कारण आलियाले इन्स्टाग्राममा कमेन्ट सेक्सन नै बन्द गरेकी छन् । 

करिना कपुर खान

सुशान्तको आत्महत्यापछि अभिनेत्री करिना कपुर खान पनि ट्रोलको सिकार भइरहेकी छन् । करिनालाई नेपोटिजमलाई बढावा दिएको भन्दै सामाजिक सञ्जालमा आरोप लागेको छ । 
सुशान्तको मृत्यपछि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा उनले सारालाई सुशान्तलाई डेट नगर्न सम्झाइरहेकी छन् । 

यही भिडियो सार्वजनिक भएसँगै करिनालाई सुशान्तका फ्यानसले सामाजिक सञ्जालमा निकै गाली दिन थाले । अन्ततः करिनाले सामाजिक सञ्जालमा कमेन्ट गर्न नमिल्ने बनाउन बाध्य भइन् । 

करण जौहर

बलिउडका चर्चित निर्देशक तथा निर्माता करण जौहरमाथि पहिलेदेखि नै नेपोटिजमको आरोप लाग्दै आइरहेको छ ।

सुशान्तको मृत्यपछि करणको टक सोका केही भिडियो भाइरल भए जसमा उनले सुशान्त सहितका बाहिरबाट संघर्ष गरेर आएका कलाकारहरूको मजाक उदाइरहेका थिए । भने उनले सुशान्तले सहयोग मागिरहँदा पनि सहयोग गर्न नसकेकोमा पछुतो भएको भन्दै लेखेसँगै उनी ट्रोलमा तानिएका हुन् । 

जसका कारण करणले आफ्ना सामाजिक सञ्जाल एकाउन्टमा कमेन्ट गर्न नमिल्ने बनाएका छन् ।

सोनम कपुर

एक टक सोमा सुशान्तलाई चिन्दिन भनेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएसँगै सुशान्तका फ्यानसले सोनमलाई सामाजिक सञ्जालमा गाली गर्दै म्यासेज र कमेन्ट गर्न थाले । 
यतिमात्रै नभई सोनमले भिडियोको स्पष्टीकरण दिँदै आफू फिल्मी परिवारबाट भएकोमा खुसी व्यक्त गरे । जसपश्चात् दर्शकको आक्रोश सामाजिक सञ्जालमा वर्षिन थाल्यो र सोनमले सामाजिक सञ्जालमा कमेन्ट सेक्सन बन्द गरे । 

अनन्या पाण्डे

करण जौहरको ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउडमा देब्यु गरेकी अभिनेत्री अनन्या पाण्डे पनि ‘नेपोटिजम’को सिकार बनेकी छन् । 

चंकी पान्डेकी छोरी अनन्या पनि सुशान्तको आत्महत्यापछि सामाजिक सञ्जालमा ट्रोल हुन थालेपछि सामाजिक सञ्जालमा कमेन्ट सेक्सन बन्द गरेकी हुन् । 

सोनाक्षी सिन्हा

अभिनेत्री सोनाक्षी सिन्हापछि सुशान्तको आत्महत्यापछि धेरै ट्रोलमा आएकी अभिनेत्री हुन् । शत्रुगन सिन्हाकी छोरी सोनाक्षीले यसैकारण आफ्नो ट्विटर अकाउन्ट बन्द गरिन् भने इन्स्टाग्राममा कमेन्ट गर्न नमिल्ने बनाइन् ।
(नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement