दाङ । दाङमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना पुष्टि भएसँगै दाङमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । मंगलबार राप्ती स्वास्थ्य प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा बंगलाचुली गाउँपालिकाका १८ जना र लमही नगरपालिकामा थप एक गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलवार बंगलाचुली गाउँपालिकाको माध्यमिक विद्यालय बंगलाचुली क्वारेन्टाइनबाट ल्याएको स्वाब परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण देखिएको थियो ।
उनीहरुमध्य बंगलाचुली गाउँपालिका-३ का ८ जना, वडा नं ४ का २ जना, वडा नं५ का २ जना, वडा नं ८ का ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एक जनाको ठेगाना खुल्न सकेको छैन ।
उनीहरु १७ वर्षदेखि ४३ बर्ष उमेर समूहका रहेका छन् । त्यसैरी मंगलवार लमही नगरपालिका–६ निवासी एक जनामा पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
अहिलेसम्म दाङमा सबैभन्दा धेरै घोराहीमा १४७ जना, बंगलाचुलीमा ८६ जना, तुलसीपुर उपमहानगरपालिकामा १५ जना, राप्ती गाउँपालिकामा १४ जना, गढवा गाउँपालिकामा १३ जना, लमहीमा १२ जना, राजपुरमा ७ जना, बबईमा ३ जना र शान्तिनगर गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म दाङको दंगीशरण गाउँपालिकामा कोरोना संक्रमण देखिएको छैन ।