site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा ९२ संक्रमित कोरोना मुक्त
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा मंगलबारसम्म ९२ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । जिल्लाका विभिन्न स्थानका आइसोलेसनमा उपचारपछि उनीहरू घर फर्किएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले बाह्रखरीलाई जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाबाट ४४ जना उपचारपछि कोरोना मुक्त भएर घर फर्किएका छन् । त्यस्तै बंगलाचुली गाउँपालिकाका २१, लमही नगरपालिकाका १०, गढवा गाउँपालिकाका ८, तुलसीपुर उपमहानगरपालिकाका ६, राप्ती गाउँपालिकाका २ र बबई गाउँपालिकाका एक गरी ९२ जना उपचारपछि घर फर्किएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म तुलसीपुरको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालवाट मात्रै ६९ जना डिस्चार्ज भएर घर गएको अस्पतालका हेल्थ असिस्टेन्ट दोर्ण वलीले जानकारी दिए । यो अवधिमा डेढ वर्षीया बालिकादेखि ७० वर्षीय नागरिकसमेत कोरोना जितेर घर फर्किएका छन् । सोमबार डिस्चार्ज हुनेमध्ये बंगलाचुली गाउँपालिकाका ७० वर्षीय ज्येष्ठ नागरिकसमेत थिए । वलीले यसअघि जेठ ५ गते घोराही उपमहनगरपालिका वडा १ की डेढ वर्षीया बालिका पनि कोरोना जितेर अभिभावकसँगै घर फर्किएको जानकारी दिए । 

छिमेकी देश भारतबाट आएका उनका अभिभावकसँगै ती बालिका पनि उपचारपछि निको भएर घर फर्किएको वलीले बताए । वलीले जेठ २२ गतेयता १४ दिन आइसोलेनमा बसेका र कुनै लक्षण नदेखिएकालाई समेत जाँच नगरी घर पठाउँदै आएको जानकारी दिए । दाङका हालसम्म २८५ जनामा संक्रमन फेला परेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !