देश

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिकाले गर्मी अत्यधिक बढ्न थालेपछि विद्यालयमा बिदा दिएको छ । बेलौरी नगरपालिकाले गर्मी बढेपछि विद्यार्थी तथा शिक्षक/कर्मचारीको स्वास्थ्यमा असर पर्ने भन्दै दुई दिन बिदा दिएको हो ।
यही जेठ २७ र २८ गते नगरपालिका क्षेत्रमा सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय भएको जनाएको छ । बर्खे बिदाबाट मिलान गर्ने गरी गर्मी बिदा दिइएको हाे ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२ १७:०६
प्रतिक्रिया दिनुहोस्