site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घोराहीका एक वडाध्यक्षलाई कोरोना संक्रमण , दाङमा २८५ संक्रमित
Sarbottam CementSarbottam Cement

दाङ । दाङको घोराहीमा उपमहानगरपालिकाका एकजना वडाध्यक्षलाई कोरोना संक्रमण भएको छ । सोमबार फेला परेका १३ संक्रमितमध्ये ३८ वर्षीय एकजना वडाध्यक्ष समेत रहेका घोराही उपमहानगरपालिकाका स्वास्थ्य संयोजक नारायण घर्तीले बताए । 

उनीबाहेक अन्य सबै भने छिमेकी देश भारतका विभिन्न स्थानहरुबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् । यसअघि बंगलाचुली गाउँपालिकाका एक वडाध्यक्ष र एक वडा सदस्यलाई पनि संक्रमण भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार फेला परेका १३ जना नयाँ संक्रमित सबै घोराहीका हुन् । जसमा १२ पुरुष र १ महिला रहेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं- २ मा १७, २२ र ३८ वर्षका तीन पुरुष, वडा नं.व३ मा २३ र ३० वर्षका दूई पुरुष, वडा नं. ६ मा १६, २३, २३, २५, ३२, ३७ वर्षका पुरुषहरु र १९ वर्षीया एक किशोरी र वडा नं. ५ मा ३१ वर्षका एक पुरुषमा संक्रमण फेला परेको छ ।

Global Ime bank

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको पीसीआर परीक्षणमा सोमबार उनीहरुमा संक्रमण भेटिएको हो । योसँगै दाङका मात्रै २८५ जनामा कुल संक्रमित फेला परेका छन् । सोमबार दाङमा ५ जना डिस्चार्ज भएर घर गएका छन् ।

त्यसमध्ये बंगलाचुली गाउँपालिकाका एकजना ७० वर्षीय जेष्ठ नागरिकले समेत कोरोना जितेर घर फर्किएका छन् । प्यूठानका १९ वर्षीय एक किशोर पनि डिस्चार्ज भएर घर गएका छन् । सोमबार कोरोना मुक्त भएर घर फर्किएका सबै पुरुष हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !