site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणगढ मुग्लिन सडक दुईतर्फी खुल्यो 

चितवन । बुधबार बिहानदेखि गएको पहिरोका कारण अवरुद्ध बनेको  सडक बिहिबार बेलुका साढे सात बजे दुईतर्फी रुपमा खुलेको छ । 

उक्त सडकखण्ड अन्तर्गत कालीखोला र चारकिलोमा गएको पहिरो कारण सवारी आगमन बन्द भएको थियो । पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड बिहीबार साँझ ७:३० बजेबाट सडक नियमित सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए । 

उनका अनुसार बिहान पहिरो नगए पनि साढे ९ बजेबाट दुबैतर्फ सवारी आगमन रोकेर पहिरो पन्छाउने कार्यलाई निरन्तरता दिइएको हो । 

सो सडककको चार किलो भन्‍ने स्थानमा ४५ मिटर सडक ढाक्ने गरी बुधबार पहिरो आएको थियो । बुधबार पहिरो पन्छाएर केही सवारी पास गराए पनि पुनः पहिरो गएर सडक अवरुद्ध बनेको थियो ।

बिहीबार दिउँसो एकतर्फी खुलाएर एम्बुलेन्सलगायतका साना सवारीलाई पार गराएपछि पुनः बाटो रोकेर पहिरो पन्छाईएको प्रवक्ता थापाले बताए । अहिले सवारीको चाप अत्यधिक भएका कारण सामान्य हुन केही घण्टा लाग्ने प्रहरीको भनाई छ । 

प्रहरीले बाटो खुलेको भनिए पनि जाममा फसेका यात्रुले भने दुई घण्टादेखि गाडी अघि नबढेको बताएका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  २०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro