site stats
बाह्रखरी :: Baahrakhari
देश
 दाङमा कोरोना संक्रमितको संख्या २५१ पुग्यो

दाङ । दाङ र सल्यानमा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको पीसीआर परीक्षणमा दाङका ८ र सल्यानका २५ जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार दाङको राप्ती गाउपालिका ५ र गढवा गाउपालिकाका ३ जना गरि ८ जनामा कोरोना पुष्टि भएको हो । 

Argakhachi Cement Island Ad

योसँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ५१ पुगेको छ । त्यसैगरी सल्यानको कुमाख, बागचौर र त्रिवेणी गाउँपालिकाका २५ जनामा कोरोना संक्रमण देखिएको छ । 

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा देखिएका संक्रमितमध्ये ४ जना महिला र २९ जना पुरुषहरु छन् ।

प्रकाशित मिति: बुधबार, असार ३, २०७७  १७:१५
प्रतिक्रिया दिनुहोस्