काठमाडौं । बन्दाबन्दीकाबीच काठमाडौं उपत्यकाको विद्युत प्रणाली भूमिगत बनाउने काम भइरहेको छ । काठमाडौं उपत्यकामा विद्युत वितरण भूमिगत तथा सुदृढीकरण कार्यको शुभारम्म गत फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
प्रधानमन्त्री ओलीले महाराजगन्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कार्यको सुरुवात गरेका हुन् । विद्युत प्राधिकरणका अनुसार पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको हो ।
महाराजगञ्जअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने र २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने प्राधिकरणले जनाएको थियो ।
मंगलबार महाराजगन्ज क्षेत्रमा बिजुलीको तार जमिनमुनी हालेर ढलान गरिरहेका कामदारहरुको दृष्य देखिएका छन् ।