देश
काठमाडौं । असारको सुरुआतसँगै रोपाइ चटारो सुरु भएको छ ।
मानो रोपेर मुरी फलाउने महिना सुरु भएकाले किसानहरुले अहिले छुपुछुपु धान रोपेको दृश्यहरु देखिन थालेका छन् ।
यसरी धान रोप्ने क्रममा छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला, बनाई कुलो लगाई पानी आएर गोडौला जस्ता असारे भाका गाउने गरिन्छ ।
सरकारले भने असार १५ लाई धान दिवसको रुपमा मनाउने गरेको छ ।
सोमबार काठमाडौंको गोकर्णेक्ष्वरस्थित बालुवा सुन्ताखानमा महिलाहरु धान रोप्न व्यस्त देखिएका छन् ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७ २०:१८
प्रतिक्रिया दिनुहोस्