देश
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका नेपाल नागरिकमध्ये झन्डै तीन सय नेपाली बिहीबार स्वदेश फर्किएका छन् ।
कोरोना महामारीका कारण कुवेतमा अलपत्र परेका नेपाली कुवेत सरकारको पहलमा आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाले साझा बसमार्फत उनीहरूलाई होल्डिङ सेन्टरमा पु¥याएको थियो ।
जजिरा एयरवेजको न्यारोबडीमार्फत उनीहरू स्वदेश फर्किएका हुन् । कुवेतबाट २ हजार ९ सय ९१ जनाले नेपाल फर्किन चाहेका छन् । अन्यलाई चरणबद्ध रूपमा स्वदेश फर्काइने सरकारले जनाएको छ । हेरौं विमानस्थलबाट होल्डिङ सेन्टरतर्फ जाँदै गरेका नेपाली थप तस्बिर :
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७ १७:१४
प्रतिक्रिया दिनुहोस्