site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपालमा ‘लकडाउन्स गट ट्यालेन्ट’ सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा ‘लकडाउन्स गट ट्यालेन्ट’ सुरु भएको छ । ‘घरमै बस्नुस् प्रतिभा देखाउनुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्’ भन्ने नाराका साथ ‘लकडाउन्स गट ट्यालेन्ट’ सुरु भएको हो । 

कोरोनाको महामारीका कारण लगाइएको लकडाउनमा टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा ‘लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो प्रतियोगितामा भाग लिन आफूमा रहेको प्रतिभा नृत्य, संगीत, गायन, अभिनय, जादुगरी, पाककला, टिकटक, कविता आदिको भिडियो बनाएर पठाउनु पर्नेछ । ती भिडियो सामाजिक सञ्जालमा लाइक, सेयरको आधारमा प्रतियोगिताका विजयी छनोट गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा निःशुल्क सहभागिता जनाउन सकिने छ । ‘प्रत्येक पटक १०–१० जना गरी चार राउन्डमा ४० जना र सबैभन्दा धेरै लाइक भिडियोका आधारमा थप १० जना मोस्ट पपुलर गरी ५० जनालाई पहिलो चरणमा छनोट गरिने बताइएको छ । ५० जना प्रत्येकको डीजीपे खातामा तत्कालै १–१ हजार रुपैयाँ नगद जम्मा गरिने छ । 

Global Ime bank

प्रतियोगितामा कुनै निर्णायक हुने छैन । सामाजिक सञ्जालमा अत्याधिक सेयर, लाइक र कमेन्टकै आधारमा विजेता छानिने आयोजकको भनाइ छ । 

करिब दुई महिनासम्म सञ्चालन हुने यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका मुख्य विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा भाग लिन पहिलो चरणका प्रतिष्पर्धी भिडियोहरू जेठ ३० गते भित्र पठाउनु पर्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC