site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मृत्युस्थल बन्दै क्‍वारेन्टिन, सुदूरपश्‍चिममा ७ दिनमा सातजनाको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकारी क्‍वारेन्टिन मृत्युस्थल बन्न थालेका छन् । क्‍वारेन्टिनमा बसेकाहरूको लगातार मृत्यु हुन थालेपछि सरकारी क्‍वारेन्टिनको व्यवस्थापन र बिरामीको उपचारमा सरकार उदासीन पाइएको हो । कोरोना संक्रमणबाट मात्रै नभएर अन्य रोगको समेत परीक्षण र जाँच नहुँदा सरकारी क्‍वारेन्टिन नाम मात्रैको भएको र क्‍वारेन्टिनमा ज्यान जान थालेपछि स्थानीयमा आक्रोशसमेत बढ्दै जान थालेको छ ।

पछिल्लो एक सातामा सुदूरपश्चिममा सरकारी क्‍वारेन्टिनमै रहेका सातजनाको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जेठ १८ गते बाजुरामा क्‍वारेन्टिनमा बसेकी २ वर्षीयाको ज्यान गएको हो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पाइएको थियो । उनी भारतबाट फर्किएकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बैतडीमा भारतबाट फर्किएकी २० वर्षीया युवतीको पुर्चौडी नगरपालिकामा रहेको सरकारी क्‍वारेन्टिनमा मृत्यु भयो । उनी कैलालीको त्रिनगर नाका हुँदै फर्र्किकी थिइन् । प्रहरीका अनुसार उनमा मुटु रोग भएको बताइएको छ । तर उनले क्‍वारेन्टिनमा औषधि पाउन नसकेको जनाइएको छ ।

जेठ १८ गते नै डडेल्धुरामा भारतबाट फर्किएर क्‍वारेन्टिनमा बसेका ६ वर्षीय बालकको ज्यान गयो । उनी नवदुर्गा गाउँपालिकाको क्‍वारेन्टिनमा बसेका थिए । क्‍वारेन्टिनबाट अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

Global Ime bank

डोटीमा क्वारेन्टिनमा एक युवकको मृत्यु

जेठ २१ गते नै डडेल्धुरा गन्यापधुरा गाउँपालिकामा रहेको क्‍वारेन्टिनमा २० वर्षीयाको मृत्यु भयो । जेठ २४ गते बैतडीमा ३० वर्षीय पुरुषको पनि क्वारेनटाइमै ज्यान गयो । उनी पनि भारतबाट फर्किएका थिए ।

२४ गते बाजुरामा भारतबाट फर्किएका ६५ वर्षीय पुरुषको क्‍वारेन्टिनमै ज्यान गयो । यस्तै आइतबार अर्थात् २५ गते आज डोटीमा क्‍वारेन्टिनमा रहेका १९ वर्षीय युवकको ज्यान गयो । केआईसिंह गाउँपालिका ३ स्थित क्‍वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मृत्यु भएको हो । मृतकको कोरोना परीक्षणको प्रक्रिया सुरु गरिएको बताइएको छ ।

कोरोना संक्रमित प्रहरीको संख्या ३३ पुग्यो, १४ जना डिस्चार्ज

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अनुसार प्रदेशभर ६० हजार बढी क्‍वारेन्टिनमा छन् । सबै भारतबाटै आएका हुन् । क्‍वारेन्टिनमा समेत भारतबाटै आएकाको ज्यान गएकाले कोरोनाबाहेक अन्य जाँच र चाहेको बेला उपचार गर्न मिल्ने वातावरण मिलाउन सरोकारवालाले माग गर्दै आएका छन् ।

सुदूरपश्चिममा स्थगित स्वाब संकलन तत्काल सुरु गरौं : एनपी साउद

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !