site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुदूरपश्चिममा स्थगित स्वाब संकलन तत्काल सुरु गरौं : एनपी साउद
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सुदूरपश्चिममा कोरोना भाइरसका सम्भावित संक्रमितको नमुना संकलनको स्थगित काम तत्काल सुरु गर्न माग गरेका छन् । 

उनले आइतबार बिहान स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट गरी सुदूरपश्चिममा कोरोना भाइरसका सम्भावित संक्रमितको नमुना संकलनको स्थगीत काम तत्काल सुरु गर्न माग गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सुदूरपश्चिममा अहिलेसम्म ६० हजारभन्दा बढी मानिस भारतका विभिन्न सहरबाट भित्रिएका र जुनसुकै बेला पनि भयावह अवस्था सिर्जना सम्भावना हुनेप्रति सरकारको ध्यानाकर्षण गराए । उनले मन्त्री ढकालसँग कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुरा र अछामको विनायकमा कोरोना परीक्षणको व्यवस्था मिलाउनसमेत माग गरे ।

“भेटमा आफूले स्वास्थ्यमन्त्रीलाई सुदूरपश्चिम प्रदेशका लागि परीक्षण किट बढीभन्दा बढी उपलब्ध गराएर तत्काल स्थगित नमुना संकलनको काम सुरु गर्न आग्रह गरेको छु । यस्तै जनशक्ति बढाएर धनगढी, महेन्द्रनगर, डडेल्धुरा र अछामको विनायकमा स्वाब टेस्ट गर्ने व्यवस्था गर्न पनि भनेको छु,” नेता साउदले बाह्रखरीसँग भने ।

Global Ime bank

अहिले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा संकलन गरिएको नमुनाको धनगढीमा मात्रै परीक्षण भइरहेको छ । उक्त प्रयोगशालाको परीक्षण क्षमता दैनिक दुई सय ५० मात्रै रहेको स्वास्थ्य निर्देशनालयले बताउँदै आएको छ ।

सुदूरपश्‍चिम प्रदेशमा स्वाब संकलन स्थगित

स्वास्थ्य निर्देशनालयले यसअघि संकलित नमुनाको परीक्षण गर्न बाँकी रहेको कारण देखाउँदै सुदूरपश्चिमका सवै स्वास्थ्य कार्यालयहरूलाई परिपत्र गरी गत शुक्रबारदेखि पाँच दिनका लागि थ्रोट स्वाबको नमुना संकलनको काम स्थगित गरेको थियो ।

“हालसम्म सुदूरपश्चिम प्रदेशमा एउटा मात्र पीसीआर जाँचको प्रयोगशाला रहेको र यस प्रयोगशालाको दैनिक जाँच क्षमता लगभग दुई सय ५० जना मात्र भएकाले हिजोको मितिसम्ममा १०८३ जनाको स्वाब परीक्षण गर्न बाँकी छ,” परिपत्रमा भनिएको छ, “अहिले हरेक जिल्लामा दैनिक स्वाब संकलनको काम भइरहेकाले यसरी नै दैनिक स्वाब संकलन भइरहने हो भने परीक्षण गर्नुपर्ने स्वाब धेरै दिन थन्किन सक्ने भएकाले र धेरै दिनसम्म परीक्षण नगरी स्वाब राखेमा बिग्रने पनि सम्भावना भएकाले आजका मितिदेखि पाँच दिनसम्म कोभिड १९ को स्वाब संकलन नगर्न हुन अनुरोध गरिन्छ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement