site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
घर
Sarbottam CementSarbottam Cement

कुमुद देवकोटा


बिहान उज्यालोसँगै म आफ्नो घरको मूल ढोकामा २०–३० वर्षदेखि उभिने गर्दै आएको छु । मानौं त्यो एउटा बानी नै भइसकेको छ । आज सधैंको भन्दा अलि चाँडो छ । त्यति बेला नै आँखा अगाडि केही नबोली टवालट्वाल्ती मेरो घरलाई हेरिरहेकी एउटी स्वास्नीमानिस माथि पर्छ । किन हो उसलाई देख्नासाथ म त्यसै आत्तिएको जस्तो हुन्छु । कारण थियो, ऊ स्वास्नीमानिस भएर पनि उसमा आकर्षण थिएन । 

Prabhu Bank
Agni Group
NIC Asia

एकाबिहानै ढोकामा माग्न आउने यस्ता कैयौं स्वास्नी–मानिसहरूलाई योभन्दा पहिले धेरै पटक देखेको छु । यस प्रकार खल्लो र तीतो अनुभव भएको यो पहिलोपल्ट हो । ऊ हात पसारेर मागिरहेकी थिइन, मुखले नै केही भनिरहेकी थिई । उसप्रति मैले लगाएको अड्कल त्यत्ति गलत थिएन । उसको अनुहार र जिउडालले मलाई आकर्षण गर्नुभन्दा उल्टो विकर्षण गरिरहेको थियो । त्यसपछि हेरेर सोचिरहनु भन्दा नियमअनुसार एक मुट्ठी चामल दिएर बिदा गरिदिनु नै उचित सम्झेँ ।

त्यो दिनपछि फेरि ऊ कहिले यस्तै बिहान घर अगाडि आएर उभिरहन्थी । एक–दुई पटक देखेपछि फेरि ऊप्रति केही बुझ्ने खलबली भने मभित्र जर्याक्कजुरुक्क गरेको मैले अनुभव गर्न थालेँ । यही क्रममा मलाई लाग्यो, उसको उमेर २५ भन्दा बढी थिएन । कपाल कालो र आँखा ठूल–ठूला थिए । जिउ सलक्क परेको यौवनको उन्मुक्तता सम्पूर्ण बेगसँग खेलिरहेका । जिउका लुगा र अनुहार मैलो भएर हुन सक्छ पहिलोपल्टमा वास्ता नगरेको हुँदा केही थाहा पाउन नसकेको कुरा आफसेआफ मभित्र खुल्यो । उसले बोलेको कहिल्यै मैले सुनेको भने छैन । 

Global Ime bank

कुरा यस्तै भए, गए । मुटु चिर्ने र बिझ्ने कुरा कतै भएनन् । अलि दिनपछि साँझ वाग्मतीतिर जाँदा मैले एउटा खाली ठाउँमा थोत्रा टिनका पाताले बनाइएको सानो बाख्राको खोर जस्तो घर देखेँ । त्यो खोर होस् वा घर त्यति बेला मैले कुनै चासो लिइनँ र साँझको बेला हावा खाने क्रममा अगाडि बढेँ । त्यसै ठाउँमा एकदिन के देख्छु भने, त्यो सानो छाप्रो घर भताभुङ्ग भइसकेको रहेछ । त्यो छाप्रोको नजिक सानो खुला ठाउँमा भान्छा, ओछ्यान, पानीको भाँडो, पकाउने सिलेबरका भाँडा र बियर, मासु, फलफूलका रस खाएर रित्याइएका टिनका डब्बाहरू र ती सबलाई ट्वालट्वाल्ती हेरेर बसेकी माग्ने भत्केको घरलाई हेरेर बसिरहेकी थिई ।

कति सजिलोसँग अर्कोलाई दाँजिदो रहेछ । मलाई लाग्यो खाली खाने समस्याले मागेकी होली– उसको कस्तो आफ्नै खालको घर रहेछ, त्यो मैले कहिल्यै बुझिनँ । सहरभरिका घरहरू सुरक्षित हुँदाहुँदै उसको त्यो बाख्राको खोर जस्तो सानो घर कति असुरक्षित रहेछ । यो आफ्नै देश र आफ्नै माटोमा । ...नगरपालिकाका मानिस र पुलिसका मानिसहरू आए, हेर्दाहेर्दै उसका सानासाना सामान त्यहाँबाट हटाइयो । ती दुवै लोग्नेमानिस र स्वास्नीमानिसले एक–एकवटा पोको काँधमा हालेर त्यहाँबाट पूर्वतिर लागे । फेरि तिनीहरूले घर खोज्लान्, कहाँ तिनीहरूको घरको सुरक्षा होला ? र, त्यसको लागि तिनीहरुले अझ कति शताब्दी पर्खेर  बस्नु पर्ने हो ? ...मसँग अब बाँकी प्रश्न मात्र थियो । ...एउटा सुरक्षित घरको । 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय