site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रंगभेदकै कारण अलीले ओलम्पिक गोल्ड मेडल नदीमा फालेका थिए
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

एजेन्सी । ओलम्पिक गोल्ड मेडल जित्नु कुनै पनि खेलाडीका लागि ठूलो सपना हो । आफ्नो घाँटीमा पदक लगाउँदै पोडियममा उभिएर आफ्नो देशको झन्डा सबैभन्दा माथि राख्दै र देशको राष्ट्रियगान सुन्नुभन्दा बढी सुखदको अनुभव सायदै अरू कुनै होला । 

विश्वका हरेक कोही खेलाडी यो क्षणका लागि आफ्नो सबैथोक दाउमा लगाउन तयार हुन्छन् । तर, कोही यस सम्मानलाई स्वयं आफैं आफ्नो जीवनबाट टाढा राख्न सक्छ र ?

KFC Island Ad
Dabur Nepal
NIC Asia

कुनै पनि खेलाडीलाई यस्तो ठूलो कदम चाल्दा उसमा कस्तो बित्छ होला, हामी कल्पना पनि गर्न सक्दैनौं । तर, एक चर्चित खेलाडी मोहम्मद अलीले ओलम्पिकको गोल्ड मेडललाई नदीमा फालिदिएका थिए । उनले ओलम्पिक गोल्ड मेडल १९६० को रोम ओलम्पिकमा जितेका थिए ।

बक्सर खेलाडी अलीले आफ्नो करियरमा ६१ अन्तर्राष्ट्रिय ‘फाइट’ खेलेका थिए । जसमा उनले मात्र पाँच फाइट हारेका थिए । १८ वर्षको उमेरमा उनले आफ्नो राष्ट्र अमेरिकाका लागि उपाधि जितेका थिए । उनले देशका लागि त्यो सबै गरे, जो एक खेलाडीका तर्फबाट गर्न सकिन्छ र खेलाडीको दायित्वभित्र पर्छ । 

Royal Enfield Island Ad

तर, आफ्नो करियरमा ३७ पटक विपक्षी खेलाडीलाई नाकआउट गर्ने महान् खेलाडी अलीले आफ्नै देशमा भने रंगभेदबाट हार्न पुगे । जुन गोल्ड मेडलको खुसी उनले पूरा गरेका थिएनन्, त्यसैलाई ओहियो नदीमा फालेका थिए । उनमा त्यो आक्रोश रंगभेदकै थियो । जुन अमेरिकामा अहिले पुनः सुरु भएको छ । 

त्यसपछि उनले आफ्नो नामै फेरे । उनको वास्तविक नाम क्यासियस मार्सेलस क्ले जुनियर थियो । उनी यस रंगभेदबाट यति आजित थिए कि उनले आफ्नो पहिचानै परिवर्तन गर्न पुगे । उनले नाम, धर्म र जन्मदेखि उनीसँगै भएकाहरुलाई पनि छाडिदिए । मुस्लिम धर्म अपनाएर उनले आफ्नो नाम मोहम्मद अली राखे । 

रोम ओलम्पिकमा १८ वर्षको उमेरमा उनले तहल्का मच्चाएका थिए । विपक्षी खेलाडीले उनीविरुद्ध एक अंकसमेत जोड्न सकेनन् । बक्सर अलीले हरेक फाइट ५–० को अन्तरमा जित्दै गोल्ड मेडल हासिल गरे ।

देशका लागि यत्रो ठूलो सम्मान जित्दा आफूलाई सबैले माया गर्ने, सम्मान दिने उनले सोचेका थिए । तर, उनी कालो वर्ण भएकै कारण त्यसो हुन सकेन र रिङमा नहार्ने अली वास्तविक जीवनमा भने हार्न पुगे । गोरा अमेरिकनका नजरमा अलीको रंगकै कारण ओलम्पिकको स्वर्ण पदकको सुनौलो रंग देखिएन । उनी अमेरिको एक ठूलो रेस्टुरेन्टमा जान चाहन्थे । जहाँ गोरा जातिकालाई मात्र जान अनुमति थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro