site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत फर्किनेको लर्को ! (फोटो फिचर)
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । कोभिड १९ संक्रमण जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउनको आज ७३ दिन पुगेको छ । गत चैत ११ देखि सरकारले लकडाउन गरेको हो । लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित बनेको छ । अत्यावश्यकबाहेक सबै सेवा ठप्प छन् । देशभर संक्रमितको संख्यामा वृद्धि भएसँगै सरकारले पनि लकडाउनलाई कडाइ गरेको छ । सरकारले पटक–पटक गरी जेठ ३२ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ ।

लामो समय लकडाउनमा परेका सर्वसाधारण भने बिहान–बेलुकाको समय मिलाएर अत्यावश्यक सामग्री किन्ने गरेका छन् । यस्तै काठमाडौंमा रहेका भारतीय मजदुरहरू पनि लामो समयदेखिको लकडाउनका कारण प्रभावित बनेका छन् । उनीहरू अझै बिनाकाम काठमाडौंमा बस्नुभन्दा पनि स्वदेश (भारत) फर्किने तयारी गरेका छन् । भारतको कोलकातालगायत क्षेत्रका कालिगढहरू काठमाडौंका विभिन्न पसलमा काम गर्थे उनीहरू विशेषगरी सुनचाँदीका गरगहना बनाउने काममा काठमाडौंको न्युरोड आसपास परिवारसहित बसेका थिए । 

लामो लकडाउनका कारण आफूहरूको रोजीरोटी गुमेको भन्दै काठमाडौंको न्युरोडमा घर जानेभन्दै गाडी रिजर्भ गरेर प्रस्थान गरेका छन् । नेपालका विभिन्न पसलहरूमा सुनचाँदीका गहना बनाउनेहरू अधिकांश भारतीय बंगालीहरू हुन् । नेपालस्थित भारतीय दूतावासको सहयोगमा नेपालबाट भारत बसमै जान लागेका हुन् । आज (बिहीबार) पनि भारत जान तयारी अवस्थामा रहेका करिब १७० भारतीय थिए । हेरौं भारत जानका लागि गाडी कुरिरहेका भारतीय मजदुर तथा उनका परिवारका थप तस्बिर :

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro