site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
प्रदेश २ मा १६ प्रहरी संक्रमित, डीआईजी सिंह भन्छन्– धेरै युद्ध जितेका छौं, कोरोनासँग हार्दैैनौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दो छ । जेठ ३२ सम्म सरकारले लकडाउन कायम राखेको छ । हालसम्म ९ जनाको कोरोना संक्रमणकै कारण ज्यान गइसकेको छ । सातै प्रदेशमा कोरोना संक्रमण फैलिँदै गए पनि प्रदेश २ हालसम्मकै उच्च जोखिममा देखिएको छ । बिहीबार बिहानसम्म प्रदेश २ मा ८६४ जनामा कोरोना संक्रमण देखिएको छ ।

जसमा १६ प्रहरी पनि छन् । १०५ जना निको भएर घर फर्किएका छन् । भारतसँग खुला सीमाना, विविध जाति, सामाजिक असमानतालगायत चुनौती प्रदेश २ का मुख्य समस्या हुन् । शान्ति सुरक्षालगायत महत्त्वपूर्ण जिम्मेवारीमा फ्रन्टलाइनमा खटिने प्रहरी कसरी काम गरिरहेको छ त ? प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहको अनुभव यस्तो छ–

कोरोना संक्रमण मानवजातिकै लागि एक निकै भयानक रोग भएर आएको छ । विश्वमा प्रत्येक मुलुकले आ–आफ्नै हिसाबले यसको नियन्त्रणको तयारीका उपाय अपनाएका छन् । जुनसुकै संकटमा पनि प्रहरी अग्रमोर्चामा रहेर काम गर्ने संगठन हो । हामीले ठूलाठूला चुनौती र महामारीका युद्ध जितेका छौं । कोरोनाविरुद्धको लडाइँमा पनि जित्छौं भन्ने उच्च विश्वास लिएका छौं ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश २ भारतसँग सीमा जोडिएको क्षेत्र हो । झन्डै ४५० किलोमिटर भारतसँग जोडिएको छ । त्यसैले खुला सीमाना, सीमा अपराध, तस्करी र केही समय पहिलेसम्म लुकेर भारतबाट नेपाल आउनेहरू मुख्य चुनौतीका रूपमा थियो । अहिले त्यो व्यवस्थित भएको छ ।

भारतबाट आएका २३ हजार नागरिक क्वारेन्टाइनमा छन् । प्रादेशिक क्वारेन्टाइनको सुरक्षा नेपाली सेनाले गरिरहेको छ भने अन्य क्वारेन्टाइनमा सुरक्षामा हामी छौं । सशस्त्र प्रहरी पनि सँगै छ । विभिन्न जातजातिको बसोबास भएकाले पनि जनस्तरकै पटक–पटक झडपका घटना नियमितजसो कुनै न कुनै रूपमा भइरहन्छन् । अझ कतिपय त उपचारका लागि जान र क्वारेन्टाइनमै बस्न नमान्ने अवस्था छ ।

Global Ime bank

यस्तो समयमा बल प्रयोग गर्ने कुरा भएन । लकडाउनकै अवधिमा प्रदेश २ का १७ स्थानमा राहतकै लागि झडप भएको छ । सरकारी जमिन प्रयोगको विषयलाई लिएर दलहरूबीच  विवाद छ । यस्तोमा हाम्रो ठूलो जनशक्ति त्यस्ता सम्भावित घटनातर्फ पनि परिचालन गर्नुपरेको छ । प्राप्त स्रोत–साधनको अधिकतम प्रयोगमा ध्यान दिएका छौं । स्वास्थ्य सामग्री केन्द्रबाट पनि पाएका छौं । प्रदेश सरकारले प्रत्येक जिल्ला प्रहरी कार्यालयलाई ५–५ लाख रुपैयाँ प्रदान गरेको छ ।

स्वास्थ्यकर्मीसँगै हामी पनि फिल्डमा परिचालन हुन्छौं । संक्रमितको टे«सिङ, उपचार प्रक्रियामा सहभागी गराउने कुरामा प्रहरी स्वास्थ्यकर्मीसँग फ्रन्टलाइनमा रहेर काम गर्छ । तर क्वारेन्टाइनमै झडप हुने, विवाद हुने पनि गरेको छ । अस्ति मात्रै क्वारेन्टाइनमै स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । संक्रमित व्यक्ति नै उपचारमा जान छाडेर प्रहरीसँगै भिड्ने मनस्थितिमा पनि देखिन्छन् । हामीले सम्झाइ–बुझाइ गर्ने गरेका छौं ।

यो बल प्रयोग गर्ने बेला होइन । हामी संयमित भएर काम गर्छौं । १६ प्रहरी र ६ जना सेनामा पनि कोरोना संक्रमण देखिएको छ । १६ प्रहरीमध्ये ९ जना क्वारेनटाइनमै खटिएका प्रहरी हुन । सबैको उपचार जारी छ । जनताको सुरक्षामा खटिरहँदा हामी आफैं जोखिममा परेका छौं । त्यसैले यो सामूहिक लडाइँमा प्रहरीसँग आवेग पोखेर हुँदैन । मिलेरै लड्ने हो । हामीले लकडाउनको पालना, सुरक्षालगायतको विषय जनताकै जीवनको सुरक्षाका लागि गर्ने हो । तर, तराईमा राजनीतिक दलहरूकै कारणले पनि कतिपय अवस्थामा समुदायमा विवाद भएको पाइएको छ ।

यसबाहेक जनतालाई विभिन्न खालका सहयोग पनि हामीले गरिरहेका छौं । सबैसँग पास हुँदैन । यस्तोमा विपतमा परेका व्यक्ति प्रहरीको सम्पर्कमा आउन सके आफैं गन्तव्यमा पु¥याइदिने नभए सहज व्यवस्थापन गरिरहेका छौं । नागरिकसँग सरल रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिइएको छ । तर लकडाउनको मौका छोपी हुनसक्ने तस्करी, विभिन्न खाले अपराध नियन्त्रणमा पनि चनाखो छौं ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !