site stats
बाह्रखरी :: Baahrakhari
विशेष
अमेरिकाबाट फर्किन चाहेका पाँचसय नेपालीको नाम परराष्ट्रमा 

बष्टन, अमेरिका  । कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण गर्न गरिएको लकडाउनका कारण नेपाल फर्किन नपाएका अमेरिकास्थित नेपाली नागरिकहरुको नाम परराष्ट्र मन्त्रालयमा पुगेको छ ।  अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले पहिलो चरणमा ५ सय जना नेपालीहरुको नाम पठाएको जानकारी बाह्रखरीलाई दिए । 

“नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट कुन एजेन्सीबाट वा कुन एयरलाइन्सबाट नेपालीहरु पठाउने भनेर विस्तृत योजना आउन बाँकी नै छ,” राजदूत कार्कीले भने, “एक दुई दिन भित्रै यो विषयमा सम्बोधन हुने अपेक्षा गरेका छौं । ” फर्केर जान कोभिड १९ का कारण नेपालमा अलपत्र परेका आफ्ना नागरिक तथा पीआर होल्डरलाई अमेरिकाले पटक पटक विमान चार्टर गरेर अमेरिका ल्याइसकेको छ । 

Argakhachi Cement Island Ad

चार्टर गरेर आएका जहाज त्यत्तिकै फर्कने गरेका छन् । 

“यदि राम्रोसँग तयारी गरिएको भए त्यसरी आफ्ना नागरिक ओसार्ने विमानमा नेपाली नागरिकलाई सस्तो मूल्यमा पठाउन सकिन्थ्यो,” गैर आवासीय नेपाली संघ अमेरिका(एनआरएनए)का वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडेले भने ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  ०९:१०
प्रतिक्रिया दिनुहोस्