site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
११ प्रदेशका लागि सदन र सडक संघर्ष गर्ने
SkywellSkywell

काठमाडौं । समाजवादी जनता दलले नेपाल बहुराष्ट्रिय मुलुक भएको भन्दै ११ प्रदेश स्थापनाका लागि संसद् र सडक संघर्ष गर्नेभएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि समाजवादी जनता दलले तयार गरेको घोषणापत्रमा नेपाल बहुराष्ट्रिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र क्षेत्रीय विविधतायुक्त मुलुक भएको उल्लेख छ ।

स्रोतकाअनुसार अन्तिम भइसकेको भनिएको ६ पृष्ठ लामो घोषणापत्रमा नेपाली समाजको बहुलता र विभेदबाट मुक्तिसम्बन्धी दृष्टिकोणमा ११ प्रदेश अहिलेको आवश्यकता भएको उल्लेख छ ।

नेपालमा अहिले ७ प्रदेश कायम भइसकेका छन् । तर, मधेसका दुई ठूला दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी मिलेर एकता घोषणा भइसकेको समाजवादी जनता दलले भने ११ प्रदेश अहिलेको आवश्यकता भएको भन्दै घोषणापत्र तयार गरेको हो । नयाँ दल दर्ताका लागि दलको घोषणापत्र र विधान निर्वाचन आयोगमा बुझाउनुपर्ने हुन्छ । त्यसैका लागि तयार पारिएको घोषणापत्रमा सो कुरा उल्लेख छ ।

KFC Island Ad
NIC Asia

जनता समाजवादी दलले जस्तो समाज उस्तै राज्य बन्नुपर्ने भए पनि व्यवहारमा एकल जातीय राज्यसत्तालाई राज्य पुनःसंरचनाको नाममा समेत निरन्तरता दिएको निष्कर्ष निकालेको छ ।

“उत्पीडित राष्ट्रियताहरूको पहिचानको मान्यता र अधिकारलाई सीमान्तकृत गर्ने हेतुले तिनीहरूले प्रशासनिक संरचना मात्र बनाएर सङ्घीयताको सैद्धान्तिक मान्यता, मर्म र भावना विपरीत कार्य गरे । त्यसैले हामीले प्रशासनिक सङ्घीयताको विकल्पमा राष्ट्रिय पहिचानसहितको सङ्घीयताका साथै स्वशासन र स्वायत्तताको अधिकारको पक्षपोषण गरेका छौँ,” घोषणापत्रमा भनिएको छ, “यसका लागि विज्ञहरू सम्मिलित राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदनका आधारमा १० जोड १ को रूपमा राज्यको पुनर्संरचना गर्नु नै अहिलेको विकल्प हो ।”

Royal Enfield Island Ad

त्यसका साथै अल्पसङ्ख्यक, सीमान्तकृत र लोपोन्मुख समुदायहरूलाई समेट्न विशेष संरचनाका रूपमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र गैरभौगोलिक विशेष क्षेत्रहरू निर्माण गर्नुपर्नेमा उसको जोड छ । सबै राष्ट्रियताहरू, भाषिक समुदाय र उत्पीडित क्षेत्रको पहिचान र अधिकारसहितको सङ्घीयता प्राप्तिको सङ्घर्षलाई केन्द्रीकृत रूपमा र प्रादेशिक रूपमा पनि उठाउने समाजवादी पार्टीको योजना छ । त्यसका लागि संसदीय र गैर संसदीय अर्थात् सदन र सडकमा पनि सङ्घर्ष गर्ने नीति लिने जनाइएको छ ।

“सङ्घीय शासन प्रणाली सहितको समाजवादमा राज्यभित्र राज्य र राष्ट्रभित्र राष्ट्रको मान्यतालाई आत्मसात गरिने भएकाले यसले एकल जातीय राष्ट्रवादको विकल्पमा बहुलता युक्त राष्ट्रवादलाई अङ्गाल्नेछ । सङ्घमा साझा राष्ट्रियता र प्रदेशहरूमा प्रादेशिक राष्ट्रियताको विकास गरी राष्ट्रिय एकता प्रवर्धन गर्ने नीति लिइनेछ,” घोषणापत्रमा उल्लेख छ । 

राज्यव्यवस्था भ्रष्टाचारको पर्याय, कारबाहीका लागि जनलोकपाल

समाजवादी जनता दलले अहिले नेपालको राज्यव्यवस्था भ्रष्टाचारको पर्याय जस्तो भएको निष्कर्ष निकालेको छ । देशको कर्मचारीतन्त्र, न्यायालय, सुरक्षा निकायलगायत राज्यका सबै अङ्गहरू भ्रष्टाचारबाहक बनेको र भ्रष्टाचारको अन्त्य गरी राजनीति र सार्वजनिक सेवाको क्षेत्रमा सुशासन र सदाचार कायम गर्नु पार्टीको आधारभूत लक्ष्य रहेको उल्लेख छ ।

भ्रष्टाचार र अनुचित कार्य माथि नागरिक तहबाटै निगरानी राखेर त्यसबारे छानबिन र आवश्यक कारबाही सिफारिस गर्न स्वतन्त्र र निष्पक्ष जनलोकपालको व्यवस्था गर्ने समाजवादी जनता दलको घोषणापत्रमा उल्लेख छ । 

त्यस्तै, समाजवादी जनता दलले समानुपातिक निर्वाचन प्रणाली र समावेशीकरणको पक्षमा आफूलाई उभ्याउने भएको छ । नेपालले अहिले अपनाएको समानान्तर मिश्रित निर्वाचन प्रणाली खर्चिलो भएको र यसले श्रमजीवी, गरिब, महिला, शिल्पी/दलित तथा अल्पसङ्ख्यक समुदायहरूलाई सम्बोधन गर्न नसकेको भन्दै समानुपातिक निर्वाचनको पक्षमा रहेको घोषणापत्रमा लेखिएको छ । बन्द सूची प्रणालीमा पनि किनबेच हुने जस्ता विकृति र विसङ्गति देखिएकाले जनताकै मतबाट निर्वाचित हुने समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गरिने समाजवादीको घोषणापत्रमा जनाइएको छ ।

सशक्त राजनीतिक विकल्प बन्ने योजना

समाजवादी जनता दलले पार्टी एकीकरण गरेर देशमा एउटा सशक्त राजनीतिक विकल्प निर्माणको अभियानमा लागेको बताएको छ । पुरानो असान्दर्भिक विचार बोकेर वैकल्पिक राजनीतिक शक्ति निर्माण नहुने भन्दै विचारको दृष्टिले नयाँ तथा समय सापेक्ष र शक्तिको हिसाबले पहिलो बनाउने उसको लक्ष्य छ ।

“यो अभियान दुईवटा पार्टीको एकतामा मात्र सीमित हुने छैन । देशका सबै अग्रगामी राजीतिक शक्तिहरूलाई एकीकरण र ध्रुवीकरणमा ल्याउनु हाम्रो दायित्व हो,” घोषणापत्रमा भनिएको छ, “हाम्रो यो एकीकरणले समान विचार र दृष्टिकोण राख्‍ने अन्यदल, समूह वा व्यक्ति–व्यक्तित्व सबैलाई एकताबद्ध र ध्रुवीकृत हुन थप प्रेरणा दिनेछ भन्ने पनि हाम्रो विश्वास छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro