काठमाडौं । साओमी नेपालको नम्बर १ स्मार्टफोन ब्रान्ड बनेको छ । विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आईडीसीका अनुसार आफू सन् २०२० को पहिलो त्रैमासिक रिपोर्टमा नेपाल सबैभन्दा बढी बिक्री हुने फोन बनेको हो ।
सन् २०१८ अक्टुबरदेखि नेपालमा बिक्री हुन थालेको साओमीले नेपालको स्मार्टफोन बजारमा पहिलोपटक नेतृत्व गरेको हो ।
सन् २०२० मा ३०.९ प्रतिशत बजार हिस्साका साथ नेपालमा बिक्री भएका शीर्ष १० स्मार्टफोनमध्ये ४ साओमी डिभाइस छन् । विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आईडीसीका अनुसार आफू सन् २०२० को पहिलो त्रैमासिकमा साओमी दोस्रो ठूलो स्मार्टफोन विक्रेताभन्दा ६६ प्रतिशत ठूलो छ ।
सन् २०२० को प्रथम त्रैमासिकमा शीर्ष पाँच स्मार्टफोनमध्ये दुईवटा साओमीका स्मार्टफोन थिए । रेडमी नोट ८ ले नेपालमा नम्बर एक स्मार्टफोनको नेतृत्व गरिरहेको छ भने त्यसलाई रेडमी ८ ले पछ्याएको छ ।