site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय सेनाध्यक्षको अभिव्यक्तिको कूटनीतिक तहबाट खण्डन गर्न सरकारलाई निर्देशन 

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतीय सेना प्रमुखको अभिव्यक्ति गैरजिम्मेवार र उत्तेजनात्मक भएको ठहर गर्दै कूटनीतिक तहबाट खण्डन गर्न निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । 

भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कुटी, नाभी, गुञ्‍जी र कालापानीबारे भारतीय सेनाध्यक्षको गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्तिको कूटनीतिक रूपमा खण्डन गर्न समितिले निर्देशन दिएको हो । नेपालको भूमि आफ्नो नक्सामा प्रकाशित गरेको र लिपुलेकमा अतिक्रमण गरी बाटो बनाएको भारतका सेनाध्यक्षले नेपालले कसैको उक्साहटमा लागेर सो मुद्दा उठाएको बताएका थिए । सेनाध्यक्षको अभिव्यक्ति गैरजिम्मेवार र उत्तेजनात्मक भएको भन्दै समितिले कूटनीतिक रूपमा खण्डन गर्न सरकारलाई सुझाएको हो । 

त्यस्तै समितिले विदेशमा अलपत्र नेपालीलई स्वदेश फर्काउनेबारे स्पष्ट नीति बनाउन पनि सरकारलाई सुझाव दिएको छ । त्यस्तै स्वदेश आउने नेपालीलाई क्‍वारेन्टाइनमा राखी घर पठाउने, नेपाली रहेका देशमा परराष्ट्र र श्रम मन्त्रालयमार्फत ठोस प्रस्ताव पठाउने, विदेशमा अलपत्र नेपालीलाई सम्बन्धित देशसँग समन्वय गरि खानबस्नको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro