site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कारागारका कैदीबन्दी उच्च जोखिममा
SkywellSkywell

भैरहवा । जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । जिल्लामा संक्रमणको दर बढेसँगै कैदीबन्दीमा पनि संक्रमण फैलिने त्रास बढेको छ । 

कारागारले आन्तरिकरुपमा  कैदीबन्दीलार्ई सचेतना दिलाउने तथा सरसफाइको व्यवस्था गरे पनि दैनिकजसो प्रहरीले ल्याउने नयाँ व्यक्तिबाट संक्रमण फैलिने डर भएको कारागार प्रमुख नारायण पन्थीले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

प्रहरीले दैनिकजसो तीनदेखि पाँच  नयाँ व्यक्ति कारागार चलान गर्ने गरेको र  नयाँ र पुराना कैदी एकैठाउँमा राख्दा समस्या देखिएको उनको भनाइ छ । कार्यक्षेत्रमा खटिने सुरक्षाकर्मी तथा कारागारमा नयाँ कैदी ल्याउने सुरक्षाकर्मी र ब्यारेक बाहिर बसेर ड्यटीका समयमा कारागार आउने प्रहरीबाट पनि संक्रमण फैलिने डर भएको कारागार स्रोतले जनाएको छ । विसं १९९० मा निर्मित पुरानो कारागार भवनमा १५० कैदी राख्ने क्षमता भए पनि अहिले ४३६ जना रहेका छन् ।

क्षमताभन्दा बढी कैदी राखिएको सो कारागारमा नयाँ आउनेलाई छुट्टै व्यवस्थापन गर्ने स्थानसमेत नभएको जिल्ला कारागार सूचना शाखाले जनाएको छ । रुपन्देहीमा २८  कोरोना भाइरस संक्रमित भेटिएपछि कारागारले गृह मन्त्रालयमा संक्रमणको उच्च जोखिम रहेको प्रतिवेदनसमेत पठाइएको जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro