site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीआईबीका डीएसपी कार्कीलाई 'कारबाहीबाट जोगाएर' काज सरुवा !

काठमाडौं । प्रहरी नियमावलीमा सामान्यतः सिनियर अधिकृतको सरुवा एक वर्षमा हुने उल्लेख छ । 

त्यसमा पनि अपराध अनुसन्धानमा प्रहरीको मेरुदण्ड मानिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएका अधिकृतलाई कम्तिमा पनि एक वर्ष हरेफेर गरिँदैन ।

तर, सीआईबीमै कार्यरत डीएसपी पुरुषोत्तम कार्कीलाई भने प्रहरी प्रधान कार्यालयले ६ महिनामै सीआईबीबाट हटाएर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पठाएको छ ।

गएको चैतमा प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएका कार्कीको पदस्थान सीआईबीमा भएको थियो ।

तर, उनी एकवर्ष नहुँदै मंसिरमा प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दै सुदूरपश्चिम प्रदेश कार्यालय पठाएको हो ।  प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई प्रधान कार्यालयले आर्थिक अनियमितता गरेको उजुरीका आधारमा सीआईबीबाट हटाएर सुदूरपश्चिम पठाएको हो ।

सीआईबी स्रोतका अनुसार कार्कीले कात्तिक २८ गते ललिपुरबाट सीआईबीकै टोलीले पक्राउ गरेका भारतीय नागरिक ‘बल्लु’ को आफन्तमार्फत् रकम लिएको खुलेको थियो ।

उनले दाङका एक साथीको बैंक खातामा रकम राखिदिन पठाएर ३ लाख रुपैयाँ लिएको उजुरी आईजीपी वसन्त कुँवरसँग पुगेको थियो । सोही उजुरीपछि उनको काज सरूवा गरिएको हो ।

एक अधिकारीले भने,‘‘सुरुमा निलम्बन गर्ने भन्ने कुरा थियो । तर, पछि रकम फिर्ता गरेपछि निलम्बनबाट जोगाएर काज सरुवा मात्रै गरिएको हो ।’’

बल्लु गुरुङलाई सीआईबीको टोलीले पक्राउ पुर्जी बेगर शंकास्पद गतिविधि गरेको सूचनाको आधामा पक्राउ गरेको थियो ।

बल्लुलाई पक्राउ गर्न ललितपुर पुगेका एक प्रहरी अधिकारीले भने,‘‘उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको होइन । बल्लुसँग हतियार रहेको सूचनाको आधारमा हामीले पक्राउ गरेका हौँ । पछि प्रहरी वृत्त मालिगाउँ पठाउर अभद्र मुद्दामा अुनसन्धान गरेपछि छुटेका हुन् ।’’

सीआईबीबाट कारबाहीमा परेका २०७० मा प्रहरी निरीक्षकमा भर्ना भएर गएको चैतमा डीएसपीमा बढुवा भएका अधिकारी हुन् । उनीविरुद्ध उजुरी आएको तर कारबाही गर्नेगरी ठोस प्रमाण नभएकाले यहाँबाट पठाइएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro