site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीलाई रावलको प्रश्न : बालुवाटारमा मध्यरातमा सामन्त गोयल भेट्नु पदीय मर्यादाअनुरूप थियो ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर प्रश्न उठाएका छन् । पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीपछि पहिलोपटक पत्रकार सम्मेलन गरेका रावलले ०७७ कात्तिकमा भारतीय जासुसी संयन्त्र ‘रअ’का प्रमुख सामन्त गोयलसँगको भेटपछिका ओलीका सबै निर्णय भारतकै योजनामा भएको आरोपसहित प्रश्न उठाएका हुन् । 

“भारतीय जासुसी संयन्त्र ‘रअ’का प्रमुख सामन्त गोयललाई ०७७ कात्तिक ७ गते मध्यरातमा बालुवाटारमा भेट्नु प्रधानमन्त्रीको गरिमा र पदीय मर्यादाअनुरूप थियो ?,” प्रश्न गर्दै रावलले भने, “अझ त्यहाँ सीमा विवाद कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत विषय नउठाउने र प्रतिनिधिसभा विघटन गरी चुनावमा गए भारतले चुनाव जिताउनु साथै ढुक्क भई सरकार चलाउन सघाउने भनी बाहिर आएको कुरालाई किन स्पष्टीकरण नदिएको ?”
 
रावलले ओलीका त्यसयताका गतिविधि सबै आरोप लागेजस्तै भएको भन्दै थप आरोप लगाए । गोयलसँगको भेटपछि ओलीले आरोपको खण्डन गर्नुको साटो संसद् विघटन गरेर आरोप पुष्टि गरेको उनको कथन थियो । पटक–पटक संसद विटघन गर्ने कामको औचित्य स्थापित हुन नसकेको भन्दै रावलले त्यसलाई भारतीय निर्देशनसँग जोडेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro