site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के हुँदैछ जनता समाजवादी पार्टी एकता प्रक्रिया ?

काठमाडौं । गत वैशाख १० गते अबेर राति मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीले एकीकरणको सम्झौतापत्रमा हस्ताक्षर गरे । 

एकताको सहमतिपत्र भनिएको एकीकरण पत्रमा मिलेको पार्टीको नाम जनता समाजवादी पार्टी राख्‍ने र पहिलो वरीयताको नेता महन्थ ठाकुरलाई बनाउने सहमति उल्लेख छ । भोलिपल्टै निर्वाचन आयोग पुगेर उनीहरुले दुई पार्टी एकता गर्ने सहमति भएकोबारे जानकारी गराइयो । 

उसो त जनता समाजवादी दल बनाउने सहमति बन्‍नुको पछाडि सरकारले ल्याएको राजनीतिक दल विभाजन गर्ने सम्बन्धी अध्यादेश रहेको थियो । मधेसवादी दल विभाजनका लागि प्रधानमन्त्री ओलीले रातारात अध्यादेश ल्याएको भन्दै मधेस केन्द्रित दलका नेताहरुले पार्टी एकतासँगै ओलीको डिजाइन विफल पारिदिएको दाबी गरे । समाजवादी दलका सांसद डा. सुरेन्द्र यादवको अपहरण प्रकरणले अध्यादेश ल्याउनुपछाडि गरिएको आशंकालाई बल पुर्‍याएको छ । 

पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भए पनि अरु विषयमा छलफल अघि बढ्न सकेको छैन । पार्टी एकता गर्ने सहमतिमा पुगेका दुवै दलको केन्द्रीय समिति बैठक बस्‍नुपर्ने भएपनि लकडाउनका कारण बस्‍न सम्भव नभएको नेता केशव झाले बताए । “जानकारी दिएको दिनबाट हामीसँग ४५ दिनको समय हुन्छ । अहिले हस्ताक्षर संकलनको काम भइरहेको छ । सकभर हामी छिटै दल गर्ने पक्षमा छौं,” उनले भने । 

पहिलो वरीयतामा ठाकुर रहनेबाहेक नेतृत्वको कार्यविभाजनबारे पनि कुनै टुंगो लागेको छैन । नेताहरुको कार्यविभाजनको विषयमा छलफल अघि नबढेको पनि उनले बताए । नेतृत्वको कार्यविभाजनबारे पनि छलफल हुने उनले बताए । 

तत्कालीन राष्ट्रिय जनता पार्टी बहुअध्यक्ष भएको पार्टी थियो । ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, महेन्द्रराय यादव, शरदसिंह भण्डारी र अनिलकुमार झा राजपामा अध्यक्ष थिए । 
त्यस्तै, तत्कालीन संघीय समाजवादी पार्टीमा पनि दुईजना अध्यक्ष थिए । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय अध्यक्ष उपेन्द्र यादव थिए । धेरै अध्यक्ष रहेकाले एकीकृत पार्टीमा नेतृत्वको व्यवस्थापनलाई चुनौतीपूर्ण ठानिएको छ । 

स्रोतका अनुसार पार्टी एकता प्रक्रिया टुंगाउनेबारेमा शीर्ष तहमा भने अनौपचारिक छलफल भइरहेको छ । 

दल दर्ताको औपचारिक प्रक्रिया अघि बढेको छैन 

निर्वाचन आयोगका अनुसार दल दर्ताका लागि जनता समाजवादी पार्टीसँग आयोगमा जानकारी गराएको मितिबाट ४५ दिनको समय हुन्छ । 

दल दर्ताका लागि उनीहरुले कुनै लिखित निवेदन नदिएको आयोगले जनाएको छ । “उहाँहरुले आयोगलाई जानकारी गराएको ४५ दिनभित्र दल दर्ताका लागि निवेदन दिन सक्नुहुन्छ । पार्टीको विधान, नियमावली, केन्द्रिय समिति गठन भएको जानकारी आयोगमा गराउनुपर्ने हुन्छ दल दर्ताका लागि निवेदन दिँदा,” आयोग स्रोतले भन्यो, “उहाँहरुले औपचारिक रुपमा निवेदन दिएपछि दल दर्ताको प्रक्रिया अघि बढ्छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro