site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
औषधि व्यवसायीलाई कारबाही
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

धनगढी । कैलालीका दुई वटा औषधी व्यवसायीलाई कारबाही गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय कैलाली र आपूर्ति वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीको संयुक्त अनुगमन टोलीले सोमबार धनगढी उपमहानगरपालिका २ स्थित सरोज मेडिकल हल र गोदावरी नगरपालिका २ स्थित हिमाल फार्मेसीलाई कारबाही गरेको अनुगमन टोलीले जनाएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

धनगढीको सरोजलाई रु. २० हजार र गोदावरीको हिमाललाई रु. २ लाख जरिवाना गरिएको आपूर्ति वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनले बताए । उनका अनुसार सरोजलाई औषधि खरिद बिल माग गर्दा देखाउन नसकेको र हिमालले सर्जिकल मास्कमा मूल्य वृद्धि गरेर बिक्री वितरण गरिरहेको पाइएपछि कारबाही गरिएको हो । 

प्रमुख पुनमगरले अनुगमनका क्रममा फार्मेसीले मास्कमा तोकिएको भन्दा ४७ प्रतिशत बढी मूल्य असुलेको पाइएपछि जरिवाना गरिएको बताए ।

Royal Enfield Island Ad

सो अनुगमन टोलीले  सोमबार धनगढी र गोदावरीमा रहेको छ वटा औषधि पसलमा अनुगमन गरेको थियो । यसअघि लकडाउनका बेला कालोबजारी गर्ने पाँच व्यवसायीलाई कारबाही गरिएको सो कार्यालयले जनाएको छ । 

कैलालीमा सोमबार अपरान्ह् ४ बजेदेखि धनगढी लगायतका बजारहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । 

दुई दिनदेखि दैनिक दुई घण्टा लकडाउन खुकुलो पारेको स्थानीय प्रशासनले नेपालगञ्जमा १५ जनामा कोरोनाको संक्रमण पाइएपछि कैलालीमा समेत लकडाउनमा कडाइ गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । - रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro