site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवन मेडिकल कलेज अफ साइन्सेसद्वारा कोरोना सुरक्षा सामग्री  प्रदान

चितवन । चितवन मेडिकल कलेज अफ साइन्सेस (पुरानो) ले जिल्ला प्रहरी कार्यालयलाई कोरोना सुरक्षा सामाग्री प्रदान गरेको छ । 

आज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डाक्टर शुभप्रभात श्रेष्ठ र वरिष्ठ प्रबन्धक दुर्गा न्यौपानेले प्रहरी प्रमुख नान्तीराज गुरुङ्गलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन । 

कोरोना भाइरसको जोखिममा सुरक्षाकर्मी पनि उत्तिकै जोखिममा रहेकाले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत सामाग्री प्रदान गरिएको वरिष्ठ प्रबन्धक न्यौपानेले बताए । 

उनका अनुसार प्रहरीलाई ४ हजार ४ सय थान ग्लभ्स, दुईसय थान सर्जिकल मास्क, प्रदान गरिएको हो । आगामी दिनमा पनि मेडिकल कलेजले आबश्यकता अनुसार स्वास्थ्य सामाग्री उपलब्ध गराइने उनले बताए । यस्तै लक्ष्मी विकास बैंकले पनि ३० पिस सेनिटाइजर र ३सय थान कपडाको मास्क प्रदान गरेको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  २०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro