site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद ‘अपहरण’ विरुद्धको उजुरी सरकारी वकिलको कार्यालयले पनि लिएन 

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी लिन इन्कार गरिदिएको छ । यसअघि महानगरीय प्रहरी परिसर टेकुले जाहेरी नलिएपछि मंगलबार जनता समाजवादी पार्टी (जसपा) का अपहरणमा परेका भनिएका सांसद यादवसहितका नेताहरु केही कानुन व्यवसायीसहित जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल पुगेका हुन् । 

उनले आफूलाई सत्तारुढ दल नेकपाका भक्तपुरबाट निर्वाचित सांसद महेश बस्नेत तनहुँबाट निर्वाचित सांसद किसन श्रेष्ठ र केही समय अघिमात्र अवकास पाएका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण गरेको बताएका छन् । 

सांसद यादवलाई महोत्तरीबाट काठमाडौं ल्याइएको र उनी आफु भाग्न सफल भएको भन्दै अपहरण गर्नेमाथि कारवाही हुनुपर्ने भन्दै जाहेरी लिएर उनी न्याय पाउनुपर्ने माग गरिरहेका छन् । 

सोही व्यहोराको जाहेरी लिएर सरकारी वकिलको कार्यालय बबरमहल पुगे पनि जाहेरी लिन नमानेको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए । “आज दर्ता भएन । कुनै कारण उहाँहरुले दिनुभएको छैन । सबै कुरा हेर्दा उहाँहरुलाई सत्तापक्षको अलि राम्रै दबाब छ,” श्रेष्ठले भने, “हामीले आजै मुद्दा नै दर्ता गर भनेको होइन । जाहेरी दर्ता गरिदिनुस्, त्यसपछि अनुसन्धान, अभियोजन गर्दै गर्नुस् भन्यौं । तर, उहाँहरुले त्यसो गर्न चाहनुभएन ।” 

श्रेष्ठले जाहेरी नै दर्ता नभएपछि अब कानुनी उपचारको बाटोमा पार्टीभित्र छलफल गरेर अघि बढ्ने बताए । महानगरीय प्रहरी परिसरले जाहेरी नलिएपछि त्योभन्दा माथिल्लो तहको प्रहरी कार्यालय जाने बाटो पनि रहेको श्रेष्ठले बताए ।  त्यस्तै, हुलाकबाट दर्ता गर्नेलगायतका विकल्पमा जानेबारे आफुहरुले छलफल गर्ने श्रेष्ठको भनाइ छ । 

“सरकार आफैँले खोजेर मुद्दामा जानुपर्नेमा हामीले यत्रो दबाब दिनुपर्ने अवस्था आउनु नै दुःखद कुरा हो । राज्यको स्वेच्छाचारिता र राज्य संरक्षित अपहरणका विरुद्ध हामी राजनीतिक र कानुनी संघर्ष पनि गर्छौँ,” श्रेष्ठले जाहेरी दर्ता नभएपछि बाह्रखरीसँग भने ।  प्रहरी कार्यालयले जाहेरी महोत्तरीमा दिनुपर्ने र आफुहरुले लिन नमिल्ने प्रतिक्रिया दिएको थियो । 

तर, जसपाका नेताहरु र कानुन व्यवसायीहरुले अपहरण गरेर काठमाडौं ल्याइएकाले काठमाडौंमा जाहेरी दिन मिल्ने बताउँछन् । अपहरणको आरोप लागेका बस्नेत, खनाल र श्रेष्ठले भने आफुहरुले महोत्तरी पुगेर सांसद यादवलाई ल्याएको स्वीकार गरे पनि अपहरण नगरेको जिकिर गर्दै आएका छन् । 

मंगलबार जसपाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, शरतसिंह भण्डारी, केशव झा लगायतका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका थिए ।  सरकारले राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउँदै पार्टी विभाजनका लागि खुकुलो बनाएको थियो । 

समाजवादी पार्टी विभाजन गर्ने उद्देश्यले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा यादवलाई अपहरण गरि काठमाडौं ल्याइएको जसपाको आरोप छ ।  तर, अपहरणमा संलग्न भनिएकाहरुले यादव आफै पार्टी फुटाउनका लागि तयार रहेको र आफुहरुले काठमाडौं ल्याए पनि अपहरण नगरेको बताइरहेका छन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  ०५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro