site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 लकडाउन ३१ वैशाखसम्म लम्ब्याउने तयारी
SkywellSkywell

काठमाडौं । सरकारले वैशाख ३१ गतेसम्म लकडाउन लम्ब्याउने तयारी गरेको छ । पछिल्लोपटक थप गरेको लकडाउनको समयावधि सोमबार सकिँदैछ । आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म लकडाउन लम्ब्याउने र कोरोना पूर्णतः नियन्त्रणमा लिन तयारी गरेको उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीले जानकारी दिए ।

मुख्य सचिवको नेतृत्वमा रहेको कार्यदलले सरकारलाई थप एक हप्ता लम्ब्याउन उपयुक्त हुने सुझाव दिएको थियो । एक हप्ताभित्र सङ्क्रमणको सम्पर्कमा पुगेकाहरूको पहिचान र परीक्षण (कन्ट्याक्ट ट्रेसिङ) गर्न कठिन हुने निष्कर्ष निकाल्दै लकडाउनको समयावधि लम्ब्याउने निष्कर्ष निकालिएको हो ।

“१५–१६ दिन लकडाउन लम्बिन्छ । तत्काल खोल्ने सम्भावना छैन,” एक मन्त्रीले बाह्रखरीसँग भने ।  शनिबार बसको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा हिमाली भेगमा लकडाउन खोल्ने र अन्यत्र कायमै राख्ने सुझाव आएको थियो ।

KFC Island Ad
NIC Asia

“काठमाडौं उपत्यका, जनघनत्व भएका क्षेत्रमा लकडाउन खुकुलो तुल्याउँदा प्रत्युत्पादक हुनसक्छ, परीक्षणको दायरा अझै बढाउनु पर्ने देखिएको छ । त्यसो हुँदा पहिलो चरणमा हिमाली जिल्ला खुकुलो बनाउने र थप सङ्क्रमित फेला नपरे क्रमशः पहाडी हुँदै सहरी क्षेत्रमा खुकुलो बनाउने सुझाव–प्रस्ताव आएको थियो,” उच्चस्तरीय समितिमा रहेका मन्त्रीले भनेका थिए ।

अहिले नै लकडाउन खुकुलो बनाउने सम्भावना नरहेको र बढाउनै उपयुक्त हुने निष्कर्ष निकालिएको समितिमा रहेका मन्त्रीको भनाइ छ ।

Royal Enfield Island Ad

उच्चस्तरीय समन्वय समितिको चैत १० गते बसेको बैठकले लकडाउनको घोषणा गरेको थियो । पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरिएको थियो । चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समय थप गरेर चैत २५ गतेसम्म कायम राखेको थियो । 
चैत २४ गते मन्त्रिपरिषद् बैठकले पुनः आठदिन थपेर वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याइएको थियो । पछिल्लोपटक १२ दिन थपेर वैशाख १५ गतेसम्म लकडाउन बढाइएको थियो ।

सरकारले कोरोना रोकथाम, नियन्त्रणका लागि लकडाउन प्रभावकारी बनेको निचोड निकालेको छ ।

“कोरोना सङ्क्रमण रोक्न हामी तुलनात्मक हिसाबले सफल छौं । जे उपायहरू अवलम्बन गरिएको छ, त्यो ठीक छ । सुरुमा अलिअलि अन्योल, अस्पष्ट भए पनि बिस्तारै स्पष्टता हुँदै गयो । अन्योलता हट्दै गए । परिचालनमा पनि तीव्रता आयो । परीक्षणको दायरा पनि बढ्यो,” सरकारको निष्कर्ष रहेको मन्त्रीले बताए ।

सरकारले चालेको कदमका कारण कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाल एसियाकै अग्रस्थानमा रहेको सरकारले निचोड निकालेको छ ।

“कोरोना सङ्क्रमण देखिएका मध्ये एसियाका १० मुलुकमा एकजनाले पनि ज्यान गुमाउनु परेको छैन । त्यसमा नेपाल पनि पर्छ । दक्षिण एसियामा कोरोना परीक्षण गर्ने सन्दर्भमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भुटान र मालदिभ्स छन् । उनीहरूको जनसङ्ख्या पनि हाम्रोभन्दा कम छ,” सरकारको निष्कर्ष छ ।

मुलुकका हालसम्म ४९ जना सङ्क्रमित फेला परेका छन् । उपचारपश्चात् १२ जना निको भएर घर गइसकेका छन् । ८७ जना आइसोलेसन कक्षमा छन् । यसबीचमा ९ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ । ३९ हजार ६ सय ७० जनाको आरडीटी परीक्षण गरेको र १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro