
काठमाडौं । मधेस केन्द्रित दुई राजनीतिक दल एकताको सहमतिका लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
दुई पार्टीबीच एकताको सहमति पत्रमा हस्ताक्षर भएको छ । पार्टी एकीकरण समानताको आधारमा गरिने, पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल रहने भएको छ ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी वीच ऐतिहासिक एकता सम्पन्न! नयाँ पार्टीको नाम “जनता समाजवादी पार्टी,नेपाल”( People’s Socialist Party,Nepal)!देशमा कम्युनिष्ट र कांग्रेसको विकल्पमा भरपर्दो अग्रगामी लोकतान्त्रिक शक्ति निर्माण! सबैलाई एकतावद्ध हुन आग्रह! pic.twitter.com/R0NY4OAiac
— Baburam Bhattarai (@brb1954) April 22, 2020
झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ ।
एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।
सहमतिपत्रमा राजपका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीको तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।