काठमाडौं । अमेरिकामा लकडाउन खुलाउने विषयमा विवाद देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र राज्यका गभर्नरहरुबीच लकडाउन खुलाउने विषयमा विवाद देखिएको बीबीसीले जनाएको छ ।
मंगलबार राष्ट्रपति ट्रम्पले पत्रकारसँग कुरा गर्दै गर्भनरले यसको जिम्मेवारी लिनुपर्ने अथवा काम गर्ने तौरतरिकामा सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले मे १ भन्दा पहिले नै लकडाउन खुल्ने बताउँदै यसका लागि अन्तिम तयारी भइरहेको जनाएका छन् । लकडाउन खोल्ने अथवा नखोल्ने यो अधिकार भने राज्य सरकारको हातमा छ । राष्ट्रपति ट्रम्प अमेरिका
बन्द हुनका लागि बनेको देश नभएको पहिला देखि नै बताउँदै आएका छन् ।
राष्ट्रपति ट्रम्पले संघीय सरकार केही राज्यसँग खुसी नभएको बताएका छन् ।
कोरोनाको संक्रमण बिरुद्ध लड्न राज्य सरकारहरुले नसकेको उनले आरोप लगाउँदै आएका छन् । कतिपय राज्यलाई उनले स्वास्थ्य सामग्री लुकाएको आरोप समेत लगाउँदै आएका छन् ।
कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा २५ हजार ९८९ जनाको ज्यान गइसकेको छ ।