देश

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नागरिकको स्वास्थ्यका लागि सरकारले गरेको लकडाउन पालना गर्न आग्रह गरेका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनलाई पालना गर्दै राष्ट्रकवि घिमिरेले मौकामा चनाखो हुन आग्रह गर्दै नचाहिने बहादुरी नदेखाउन भनेका छन् ।
लकडाउन पालना गराउन प्रहरी प्रशासन सक्रिय रहेको भन्दै उनले आफ्नो ज्यानको प्रवाह नगरी खटिनेलाई सहयोग गर्नुपर्नेमा उनको जोड छ ।
देश तथा नागरिकलाई अफ्ठ्यारो परेका बेला सकेको सहयोग तथा उपचार गर्नु स्वास्थ्यकर्मीको दायित्व रहेको उनले बताए ।
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६ १२:५६
प्रतिक्रिया दिनुहोस्