site stats
बाह्रखरी :: Baahrakhari
देश
शव परीक्षण हुन सकेन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डोटी । गोली हानी हत्या गरिएकी जिल्लाको जोरायल गाउँपालिका ४, देउथलाको नङ्नीटोलकी २० वर्षीया अनीता वनको शवको दुई दिन बित्दा पनि परीक्षण हुनसकेको छैन । 

उनको शव जिल्ला अस्पताल डोटीको शवघरमा राखिएको छ । जिल्ला अस्पतालमा पाँच चिकित्सक कार्यरत रहे पनि गोलीकाण्डको परीक्षण गर्ने अधिकारप्राप्त चिकित्सक कोही नभएका कारण उनको शव परीक्षण हुन नसकेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ज्योति पाण्डेले बताए । उनले भनिन्, “अस्पतालमा हामी पाँच चिकित्सक कार्यरत छौँ, गोलीकाण्डको परीक्षण गर्ने अधिकार र तालिम हामीसँग नहुँदा नगरिएको हो ।”
 
गएको आइतबार राति अनीताको छातीमा भरुवा बन्दुकले गोली हानिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । -रासस
 

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  ११:५३
प्रतिक्रिया दिनुहोस्