site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजी अस्पताललाई कोरोनाको उपचार नगर्ने छुट छैन : सर्वोच्च 

काठमाडौं । सर्वोच्च अदालतले कुनै पनि निजी अस्पताललाई कोरोना भाइरस (कोभिड १९) को उपचार नगर्ने छुट नभएको  बताएको छ । 

कोरोना संक्रमित आशंका गरिएकालाई निजी स्वास्थ्य संस्थाले भर्ना नलिएको भन्दै दायर रिटमा सुनुवाई गर्दै बुधबार न्यायाधीश मनोजकुमार शर्माको इजलाशले यस्तो आदेश सुनाएको हो । 

‘कुनै पनि निजि स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा कोरोना संक्रमणको उपचारबाट पन्छिन र यस उपचारको कार्यबाट विमुख हुने अधिकार रहेको देखिँदैन,’ आदेशमा भनिएको छ । आदेशमा निजी अस्पतालमा भएका बेड, आइसीयू कक्ष, भेन्टिलेटरलगायत कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था गर्न पनि भनिएको छ । 

सरकारका नाममा जारी अन्तरिक आदेशमा स्वास्थ्य उपचारमा संलग्न चिकित्सक, परिचारिका, एम्बुलेन्स चालक, सफाइ श्रमिक, औषधि उत्पादन वितरण कार्यमा संलग्नहरु, दैनिक उपयोग्य वस्तुको उत्पादन तथा आपूर्तिमा संलग्न श्रमिक र सुरक्षा कार्यमा संलग्नहरुका लागि कोरोना संक्रमणबाट जोगाउन उनीहरु आवद्ध संस्थामार्फत उनीहरुका लागि आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउन पनि आदेश गरिएको छ । 

त्यस्तै निजी अस्पतालले उपचार गर्न नमानेको विषयमा के कसो भएको हो महान्यायाधीवक्ता कार्यालयमार्फत १५ दिनभित्र जवाफ बुझाउन पनि आदेशमा भनिएको छ ।

नेपाल बार एसोसियसनका तर्फबाट अधिवक्ता पुष्पराज पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro