site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

चितवन । चितवनको विभिन्न ठाउँबाट अध्यावश्यक सामान ढुवानी गर्ने १६ सवारी साधनलाई यात्रु चढाएको भन्दै चितवन ट्राफिकले कारवाही गरेको छ । 

अत्यावश्यक सामान ढुवानी गर्ने ती सवारीसाधनमा यात्रु चढाएको पाइएपछि कारवाही गरिएको हो । शनिबार र आइतबार गरिएको चेकजाँचको क्रममा चार सय ७४ जना यात्रु चढाएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख दयाराम भट्टले जानकारी दिए । 

कारबाहीमा पर्नेमा १४ ट्रक र २ पिकअप भ्यान रहेका छन । ती सवारी चालकलाई जिल्ला प्रशासन कार्यालयको आदेश बमोजिम यात्रुलाई सोही स्थानमा झारेर इकाई प्रहरी कार्यालय पठाइएको भट्टले बताए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  २३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro