काठमाडौं । एन आई सी एसिया बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा ग्राहक सहायता केन्द्र स्थापना गरेको छ । बैंकले अहिलेको लकडाउन परिस्थितिमा ग्राहकहरुलाई पर्न गएको असुविधा तथा समस्यालाई मध्यनजर गर्दै समस्या तथा गुनासाको समाधान फोनबाटै मिलाउने गरी प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको जनाएको छ । ‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङ्गसम्बन्धी समस्या समाधान हुने बैंकले जनाएको छ ।
यस्तै विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवासम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्री नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।