site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणगढका मुख्य चोकमा ‘सोडियम हाइपो क्लोराइड’ छर्न सुरु 

चितवन । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहंँदा अन्य रोगको भय उत्तिकै रहेकाले भरतपुर महानगरपालिकाले आजदेखि नारायणगढमा ‘सोडियम हाइपो क्लोराइड’ विषादी छर्न सुरु गरेको छ ।

गर्मीयाम बढेसंँगै अन्य रोगको व्याक्टेरिया, भाइरस फैलिन नदिन उक्त विधि अपनाइएको हो । आज बिहानै महानगरले नारायणगढको लायन्स चोकदेखि पुल्चोकसम्म विषादि छर्न सुरु गरेको महानगरका वातावरण शाखा प्रमुख विराट घिमिरेले जानकारी दिए ।

“ठ्याक्कै यो कोरोना लक्षित विषादी त होइन,” उनले भने, “गर्मीलागेसंँगै अन्य रोगको रोकथामका लागि हो ।” उनका अनुसार आज नारायणगढका मुख्य चोक, बसपार्क एवं फोहोर थुप्रने ठाउंँमा उक्त ब्लिचिङ पानी छर्किने भएको हो । कोराना रोकथामका लागि पनि भरतपुरका अस्पतालका क्षेत्रहरूमा डिसइन्फेक्सन सुरु गर्न लागिएको घिमिरेले जानकारी दिए । 

महानगरको अगुवाइमा ३ दिन अघिबाट अति संवेदनशील स्थानहरू अस्थायी कोरोना अस्पताल, भरतपुर अस्पताल, एम्बुलेन्सलगायतमा सोडियम क्लोराइड मिसाएर ब्लिच गरेको पानी छर्किंदै आए पनि आजबाट नारायणगढका भीड हुने अन्य स्थानहरूमा पनि छर्किन थालेको हो ।

कोरोना संक्रमण अहिलेसम्म चितवनमा नदेखिए पनि भित्रिन नदिन उच्च सतर्कता अपनाइएको हो । महानगरले कोरोनासँगै अन्य रोग भित्रन नदिन सरोकारवालासँग सहकार्य गर्दै सरसफाइमा विशेष ध्यान दिँदै तथा मानिसहरूको भीडभाड हुन नदिन सतर्कतासमेत अपनाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro