देश
चितवन । भरतपुरको कोरोना विशेष अस्पतालमा भर्ना भएका चार जनालाई बिहीबार घर पठाइएको छ । उनीहरुको कोरोना भाइरसको परीक्षण गर्दा नेगेटिभ नतिजा आएपछि घर पठाइएको हो । उनीहरु तीन दिनअघि कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए ।
चारै जनाको स्वाब टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएकोले घर पठाइएको अस्पतालका प्रवत्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार डिस्चार्ज हुनेमा भरतपुर, हेटौंडा, गोरखा र झापाका एक-एक जना रहेका छन् । अस्पतालमा हाल १६ जना आइसोलेसन वार्डमा रहेको अस्पतालले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६ १९:३९
प्रतिक्रिया दिनुहोस्