site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अमेरिकी होटलमा नेपाली मिडिया सञ्चालकको लगानी  
Sarbottam CementSarbottam Cement

बोस्टन (अमेरिका) । टेक्सासबाट सञ्चालन भइरहेको हिमालयखबरका प्रबन्ध सम्पादक विकासराज न्यौपानेले साझेदारीमा ७० लाख डलरको लगानीमा ला क्विन्ता होटल खरिद गरेका छन् । टेक्सासको कार्नेस सिटीमा रहेको उक्त होटल डालसकै अर्का नेपाली व्यवसायी बिकल ढकालसँगको साझेदारीमा सञ्चालन हुन लागेको हो ।

न्यू ल्याक्स इन्भेष्टमेन्ट एलएलसीको नाममा उनीहरुले होटल खरिद गरेका हुन् । “केही महिनादेखि प्रयास गरिरहेका थियौं, हाम्रो लागि सजिलो पर्ने मुल्यमा यो होटल पाएपछि खरिद सम्झौता गरेका हौं,” सञ्चालक न्यौपानेले भने ।

अहिले अमेरिकालगायत विश्वव्यापी आर्थिक मन्दीका बेला जोखिम मूल्यांकन गरेर र वित्तीय तथ्यांकको राम्रो अध्ययन गरेर नै व्यवसाय लिएको जानकारी ढकालले दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्भिंग टेक्सासमा मुख्यालय रहेको यो ला क्विन्ता इन्स एण्ड स्वीट्स ब्राण्डका होटलहरु अमेरिकालगायत क्यानडा मेक्सीको र होण्डुरसमा सञ्चालित छन् । साझेदार ढकाल भन्छन्, “यो बेला अरुले यसमा जोखिम देखे, हामीले मौका देख्यौं ।”

वर्षको सरदर ९५ प्रतिशत भरिभराउ (अकुपेन्सी) हुने गरेको यो तीनतारे होटलमा ६९ कोठा छन् ।  सन् २०१६ बाट व्ययसाय सञ्चालन गरेको यो होटल टेक्सासको तेल उत्पादन हुने स्थानको नजिकै रहेको छ ।

Global Ime bank

टेक्सास नजिकैको गल्फ अफ मेक्सीको समुद्र, सान एन्टोनियो र कर्पस क्रिष्टी घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरु यो होतलका लक्षित ग्राहक भएको न्यौपानेले बताए ।

आर्थिक मन्दीलाई कतिपय व्यवसायीले लगानीको अवसरको रुपमा पनि प्रयोग गर्छन् ।

“आफ्नो व्याक फोर्स जोसँग छ उनीहरुका लागि यो राम्रो मौका हो,” ढकालले भने ।

न्यौपाने र ढकालको यो समूहले टेक्सासकै साउथ पाद्रेमा अर्को होटल पनि लिने तयारी गरिरहेको छ ।

न्यौपानेले भने, “सबै कुरा योजनाअनुसार भयो भने डेढ महिनामा उक्त होटल पनि हामी लिने छौं । सबै कुरा योजनाअनुसार भयो भने डेढ महिनामा उक्त होटल पनि हामी लिने छौं । अमेरिका मेक्सीको बोर्डरमा रहने उक्त होटलले दुवै देशका पाहुनालाई लक्षित गर्नेछन् ।”

डालस टेक्सासको नेपाली समूदायमा बिकल कम उमेरमै उद्यमी बनी छिटो प्रगति गर्ने व्यक्तिमा चिनिन्छन् ।

उनको डेढ दर्जन कन्भिनियन्ट स्टोर छन् । न्यौपाने र ढकालको साझेदारी स्टोर, व्यूटी सलून, रियल स्टेट आदिमा पनि रहेको छ ।

त्यसैगरी न्यौपानेका पनि करिब ४ वटा पेट्रोल पम्प छ । दुवै जना चितवनमा जन्मिएका हुन् ।

न्यौपानको चितवनमा पर्यटन र मेडिकल क्षेत्रमा लगानी रहेको छ । न्यौपानेका अनुसार सौराहास्थित पार्क कटेज र भरतपूरमा रहेको देव हस्पिटलमा उनको लगानी छ । न्यौपानेले नेपालमा अन्य व्यवसायमा पनि लगानी बढाउने बताए ।

व्यवसायका अतिरिक्त न्यौपाने हिमालय टेलिभिजनका लागि अमेरिकाको संवाददाता थिए ।

उनले आफ्नै पहलमा सन् २००८ मा नमस्तेयुएस डटकम खोले जसको नाम २०१२मा परिवर्तन गरी हिमालयखबर डटकम बनाएको उनले बताए । न्यौपाने हाल नेपाल अमेरिका पत्रकार संघ (नेजा)को कायबाहक अध्यक्ष पनि रहेका छन् ।

आफ्नै एउटा कम्पनीको माध्यमबाट न्यौपाने र ढकालले डालस क्षेत्रमा गरेको रियल स्टेट कारोबार पनि फाइदाजनक रहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement