site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनको कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु, कोरोना पुष्टि भएको छैन 

चितवन । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । 

अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीअनुसार उच्च ज्वरो र निमोनियाले ग्रसित वीरगन्जका ३० वर्षीय एक युवक रहेका छन् ।

Argakhachi Cement Island Ad

“बिरामी पहिलेदेखि दीर्घरोगी थिए । उनलाई निमोनिया देखिएको थियो,” डा. अधिकारीले भने ।

बिरामी आइतबार राति १० बजे चितवन मेडिकल कलेजबाट रिफर भएर आएको उनले जानकारी दिए । 

उनको स्वाब सोमबार राति संकलन गरिए पनि आज मात्रै विमानमार्फत काठमाडौं पठाइएको छ । 


 

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १२:३१
प्रतिक्रिया दिनुहोस्