site stats
बाह्रखरी :: Baahrakhari
देश
जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाबाहेक अन्य सेवा बन्द

चितवन । जिल्ला प्रशासन कार्यालय, चितवनले शान्ति सुरक्षाबाहेक अन्य सेवाग्राहीलाई दिने सुविधा बन्द गर्ने निर्णय गरेको छ । विश्वभर फैलिएको कोरोना सक्रमणको सर्तकता अपनाउन आज चैत्र ९ गतेदेखि चैत्र २१ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो । 

प्रशासनले आज एक सुचना जारी गर्दै सरकारको निर्णय बमोजिम सेवा बन्द गर्ने निर्णय गरिएको बताएको छ । 

Argakhachi Cement Island Ad

जारी सूचनामा भनिएको छ, "नेपाल सरकारको निर्णय बमोजिम यस कार्यालयबाट हुने राहदानी, पासपोर्ट , सिफारीस लगायतका सेवाहरु मिति २०७६-१२-०९ देखि २०७६-१२-२१ सम्म बन्द गरिएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारीको लागि अनुरोध छ ।"

सेवा बन्द भएपनि कार्यालयका कर्मचारी का दैनिक कार्यहरु भने नियमित सञ्‍चालन भइरहेको बताइएको छ । 

प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  ११:५७
प्रतिक्रिया दिनुहोस्