site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कहाँ पुग्यो ‘ड्रिम फाप्ला’ ? 

काठमाडौं । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको परिचय क्रिकेटसँग जोडिएको छ ।

धनगढी, ‘दी सिटी अफ क्रिकेट’ भनेर चिनिने यस ठाउँले क्रिकेटलाई नयाँ उचाई र खेल व्यवसायिकतालाई नौलो परिचय दिएको छ । धनगढी प्रिमियर लिग, धनगढी क्रिकेट लिगजस्ता थुप्रै क्रिकेट लिग त्यसका अब्बल उदाहरण हुन् । धनगढीले क्रिकेटमा बेग्लै पहिचान बनाउनुका साथै क्रिकेटमा नयाँ युगको सुरुवात गरिदिएको छ । क्रिकेटको नयाँ युग हो । ‘धनगढी प्रिमियर लिग’ अर्थात् डीपीएल । 

धनगढीको डीपीएलसँग जोडिएको फाप्ला क्रिकेट मैदान । लामो समयदेखि बन्न नसकेको फाप्ला क्रिकेट मैदान जग्गाको बिबादका कारण अगाडि बड्न सकेन । बर्सेनि बजेट छुटाउँदा पनि फाप्ला क्रिकेट मैदान निर्माणमा खर्च हुन सकेन । 

यो आर्थिक वर्षमा पनि फाप्लाका लागि प्रदेश सरकारले करोडौंको लगानी गरेको थियो । तर, त्यो लगानी भने काममा आउन सकेन । फाप्ला क्रिकेट मैदानको जग्गा अहिले पास गर्नका लागि संसदीय समितिमा दर्ता भएको छ । 

“हामीले ‘ड्रिम फाप्ला’लाई भुलेका छैनौं । फाप्लाको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको आधा काम एकेडेमीले सकेको छ । यसलाई निरन्तरता दिने छौं । जग्गाको समस्याका कारण हाम्रो काम अगाडि बढाउन सकेको छैनौं । संसदिय समितिबाट जग्गा पास भएमा ‘ड्रिम फाप्ला’लाई निरान्तर्ता दिनेछौं,” धनगढी क्रिकेट एकेडेमिका अध्यक्ष सुवास शाहीले भने । 

फाप्ला अन्तर्राष्ट्रि क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्यका साथ सुरुवात भएको डीपीएलले आफ्नो लक्ष्यको आधा काम पूरा गरिसकेको छ । “एसपीए कप र डीपीएलका केही सिजन धनगढीकै अन्य ठाँउमा सकिए पनि डीपीएल जन्मनुको एक आधार धनगढी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हो । फाप्लाका लागि नै हामीले क्रिकेटको सुरुवात गरेका थियौं,” अध्यक्ष शाहीले भने । 

फाप्ला भनेको देशका सबै क्रिकेटरहरूका लागि एक सफल गन्तव्य देखाउने मैदान हो । कतिपय क्रिकेटरका लागि पहिलो खेलको माध्यम पनि फाप्ला बन्न पुगेको छ । “यदि फाप्ला अन्तर्राष्ट्रिय रंगशाला बनेमा धनगढीलाई मात्र होइन सम्पूर्ण नेपाली क्रिकेट खेलाडी र क्रिकेटपारखीलाई राहात पुग्नेछ,” शाहीले भने । 

ड्रिम फाप्लाको योजना लिएर अघि बढेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यमा नीतिगत अड्चनका कारण अड्किएको छ । “डीपीएलको एउटा सिजनमा पाँच करोड खर्च गर्नसक्ने हामी रंगशाला निर्माणमा जति पनि लगानी जुटाउन सक्छौं । पैसाले रंगशाला निर्माण कार्य रोकेको छैन । जग्गा प्रकृयाले रोखिएको हो,” अध्यक्ष शाहीले भने ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro