site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारको निर्देशन अटेर गर्दै राष्ट्रियसभा बैठक 

काठमाडौं । सरकारको निर्णय अटेर गर्दै राष्ट्रियसभा बैठक सुरु भएको छ । सरकारले बुधबार २५ जनाभन्दा बढी मानिस भेला नहुन भनेपनि सो विपरीत राष्ट्रियसभा बैठक बसिरहेको छ ।

२५ भन्दा बढी सांसदहरु उपस्थित हुने राष्ट्रियसभा बैठक भने अहिले बसिरहेको छ । 

राष्ट्रियसभा सचिवालयका अनुसार भने पूर्व निर्धारित कार्यक्रम भएकाले नरोकिएको हो । बैठक कक्षमा प्रवेश गर्दा स्यानिटाइजरको व्यवस्था गरेरै सांसदहरु बैठकमा गएकाले कोरोना भाइरसमा सतर्कता अपनाइएको सचिवालयको दाबी छ । राष्ट्रियसभामा ५९ सदस्य छन् । 

यसअघि बिहीबार बिहान राज्य व्यवस्ता समिति बैठकमा पनि सांसदहरुले बैठक बोलाएकोमा आपत्ती जनाएका थिए ।

बैठकमा कांग्रेस सांसद दिलेन्द्र बडुले सरकारले गरेको निर्णयमा सघाउनुपर्ने भन्दै बैठक बोलाइएकोमा असहमति जनाएका थिए । बडुको असहमतिपछि समिति बैठक स्थगित भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro