site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला क्रिकेटरको तलब : श्रेणीअनुसार मासिक ५ देखि १० हजारभन्‍दा बढीसम्म

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) मा ए, बी र सी श्रेणीका महिला क्रिकेटरको मासिक तलब सार्वजनिक गर्ने तयारी गरेको छ ।

केही दिनमा बस्‍ने क्यानको बैठकले तलबबारे अन्तिम टुंगो लगाउने बताइएको छ । क्‍यानले तीनवटै श्रेणीमा ६-६ जना महिला खेलाडी राखेको छ । खेलाडीले २०२० को जनवरी १ देखिकै तलब पाउनेछन् ।

क्यानका एक उच्च पादधिकारीका अनुसार ए श्रेणीका क्रिकेटरको तलब मासिक १० हजारभन्दा बढी तोक्ने तयारी गरेको छ भने बी श्रेणीको सातदेखि नौ र सी श्रेणीका खेलाडीलाई मासिक पाँच हजारदेखि आठ हजारसम्म दिने निर्णय हुनेछ । यद्पि कुन श्रेणीमा को-को खेलाडी रहने भन्ने अन्तीम टुंगो भने लागिसकेको छैन् ।

क्यानका एक पदाधिकारीले बाह्खरीसँग भने,“कोरोना भाइरसको प्रभावका कारण बैठक बस्न सकेका छैनौं । केही दिनमै बैठक बोलाएर यसको छिनोफानो हुनेछ ।” क्यानको श्रोत बढ्दै गएमा खेलाडीको तलबमा वृद्धि हुँदै जाने उनले बताए । केही समयअघि मात्रै क्यान निलम्बनबाट फुकुवा भएको थियो ।

यसअघि क्यानले पुरुष क्रिकेट खेलाडीलाई तीन श्रेणीमा विभाजन गर्दै तलब तोकेको थियो । जसमा ए, बी र सी तीनै श्रेणीमा सातसात गरी २१ खेलाडी समावेश थिए । ए श्रेणीका खेलाडीले मासिक ३५ हजार पाइरहेका छन् भने बी श्रेणीका खेलाडीले मासिक २५ हजार सी श्रेणीका खेलाडीले मासिक १५ हजार पाइरहेका छन् ।

क्यानले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको वर्गीकरणका लागिसमेत एक समिति गठन गरेको छ । खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको लागि कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिले पुरुषतर्फ २४ खेलाडीलाई ए प्लस, ए, बी र सी श्रेणी र महिलातर्फ १८ खेलाडीलाई ए, बी र सी श्रेणी विभाजन गर्दै क्‍यानलाई पेश गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro