
काठमाडौं । इटालीका मिडफिल्डर जोर्गिन्हो ब्राजिलियन क्लब फ्लेमिंगोमा अनुबन्धित भएका छन् । शनिबार आर्सनलसँगको आपसी समझदारीमा जोर्गिन्हो फ्लेमिंगोमा अनुबन्धित भएको जनाइएको हो ।
प्रिमियर लिग क्लब चेल्सीबाट सन् २०२३ मा आर्सनलमा आएका उनको यही महिनाको मसान्तसम्मको सम्झौता थियो । तर, उनी सम्झौता सकिनुअगावै सन् २०२८ सम्मका लागि फल्मिेंगोमा अनुबन्धित भएका हुन् ।
उनले आर्सनलबाट ७८ खेल खेलेका छन् । त्यसैगरी, इटालीको राष्ट्रिय टोलीमा ५७ क्यापसहित एक युरोपियन च्याम्पियनसिप जितेका छन् ।
आसर्नलले गत शुक्रबार उनीलाई फ्रि–एजेन्ट बनाउन आपसी सम्झदारी भइसकेको जनाएको थियो । “क्लबले जोर्गिन्होलाई उनको सम्झौता टुंग्याएर फ्रि–एजेन्ट बनाउन आपसी सम्झदारी गरिसकेको छ,” आर्सनलले विज्ञप्ति जारी गर्दै जनाएको थियो ।
यता, फ्लेमिंगोले पनि जोर्गिन्होले आगामी क्लब विश्वकपमा क्लबको पहिलो खेल खेल्ने जनाएको छ । “जर्गिन्होको फल्मिेंगोमा पहिलो खेल क्लब विश्वकपमा हुनेछ,” फ्रल्मिेंगाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उसले क्लब विश्वकपको पहिलो खेलमा ट्युनिसियन क्लब इएस ट्युनिसियासँग खेल्नेछ । उक्त खेल आगामी जुन १६ मा हुने तालिका छ ।