
काठमाडौं । ब्राजिलका फरवार्ड नेइमार जुनियरमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । शनिबार ब्राजिलयन क्लब सान्तोस फुटबल क्लबले नेइमारको स्वास्थ्य परीक्षण गर्दा कोभिड–१९ पुष्टि भएको जनाएको हो ।
“नेइमार जुनियरको स्वास्थ्य अवस्था गम्भीर भएपछि स्वास्थ्य परीक्षणका निम्ति गएका थिए । सान्तोस एफसीको स्वास्थ्य विभागले उनको स्वास्थ्य परीक्षण गर्दा कोभिड–१९ पुष्टि भएको छ,” सान्तोसले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
सान्तोसका अनुसार, नेमारमा गत बिहीबार (जुन ५)मा कोभिडको गम्भीर लक्ष्णहरू देखिएको थियो । सोहीकारण उनलाई स्वास्थ्य परीक्षण गराइएको थियो । बिहीबारदेखि नै उनी डाक्टरहरूको सल्लाहमा घरेलु उपचारमा बसेका थिए ।
नेइमारलाई कोरोना संक्रमण पुष्टि भएको यो दोस्रोपटक हो । यसअघि उनी सन् २०२१ मा पेरिस सेन्ट जर्मन (पीएसजी)मा अनुबन्धित हुँदा पहिलोपटक कोभिड–१९ बाट थलिएका थिए । उनी त्यस बेला चार महिनाको आरामपछि मैदानमा फर्किएका थिए ।