site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवन एक्स्पो सेन्टरमा ७० बेडसहित 'कोरोना विशेष अस्पताल', उपकरण जडान आजबाट

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा कोरोना विशेष अस्पताल बनाइने भएको छ । 

भरतपुर महानगरपालिका र चितवन उद्योग संघको संयुक्त आयोजनामा मंगलबार भएको छलफलले प्रदर्शनी केन्द्रलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको हो । छलफलले ७२ घण्टाभित्र अस्पताल बनाइसक्ने निर्णयसँग आजबाट नै आवश्यक उपकरण जडान गर्ने तयारी गरिएको छ । 

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्यूनिकरण गर्न कोरोना विशेष अस्पताल बनाउने निर्णय गरिएको बताइन् । ओपिडीसहितको अस्पताल बनाइँदा सक्रमणको खतरा कम हुने भएकाले सोही अनुसार काम अघि बढेको उनले जानकारी दिइन् । 

उनका अनुसार प्रदर्शनी केन्द्रमा तीनवटा ठूला हलहरु निर्माण भइसकेकाले अब प्राविधिक कार्यहरु जडान गर्न मात्र बाँकी रहेको बताइन् । "कोरोना विशेष अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको छ," उनले भनिन, "७२ घण्टाभित्र अस्पताल तयार हुन्छ । अस्पतालमा ७० बेड क्षमता हुनेछ । जसमा ५० बेड जनरल, १० बेड सघन कक्ष (आईसीयू) र १० बेड (एचडीयु) को रहने भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले जानकारी दिए । 

उपकरणका लागि चितवनका अस्पताल र प्रदेश सरकारबाट समेत बजेट माग गरिने डा. अधिकारीको भनाइ छ  । यसकालागि विभिन्न संघसस्थाको समेत सहयोग रहने छ । अस्पताल बनेसँगै कोरोना आंशकित बिरामी लागि रिफरल अस्पतालको रुपमा विकास हुने बताइएको छ । 

चितवन उद्योग संघले निर्माण गरेको प्रदर्शनी केन्द्र घनावस्तीभन्दा केही दूरीका साथै चारै तिर पर्खालले घेरिएको र पर्याप्त स्थान भएकोले प्रदर्शनी केन्द्रलाई अस्पतालका लागि छनोट गरिएको हो । संघका अध्यक्ष राजु पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा अस्पताल बनाउन संघले सहयोग गरेको बताए ।

यसका लागि १५ सदस्यीय कोरोना रोकथाम तथा उपचार स्पेशल टास्क फोर्स समेत तयार गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro