site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घरबाहिरका खानेकुराले शरीरमा कस्तो असर पर्छ ? 
SkywellSkywell

इङ्‌ल्यान्ड । लिभरपूल जोन मूर्स विश्वविद्यालयका अनुसन्धानकर्ताले चिन्तित मुद्रामा प्रयोगशालातर्फ अघि बढिरहेका १५ जनालाई स्वागत गरे । उनीहरुले आगामी दुई सातामा के-के खानुपर्छ भन्‍ने विषयमा सल्लाह लिन गएका थिए । उनीहरुले बारम्बार घरबाहिरको खानेकुरा खानाले स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भन्‍ने विषयमा अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरुलाई सघाइरहेका थिए ।  बीबीसीले घरबाहिर खाना खाँदा कस्तो असर गर्छ भन्‍ने विषयमा अनुसन्धान गरेर 'दी ट्रुथ अबाउट टेकअवेज्' का बारेमा डकुमेन्ट्री तयार गरेको छ । 

उक्त डकुमेन्ट्रीका लागि गरिएका धेरै परीक्षणमध्येको एक हो । 

हामीले दैनिक अधिकमात्रामा 'फास्ट फुड' खान्छौं । फुड स्ट्यान्डर्ड एजेन्सीले गरेको एक सर्भे अनुसार २७ प्रतिशतले सातामा एकपटक घरबाहिर खाना खाने गर्छन् । त्यसैगरी १६-२० वर्षको उमेर समूहकाले त सातामा दुई पटक बाहिर खाना खान्छन् । 

KFC Island Ad
NIC Asia

"यस  (लिभरपूल जोन मोर्स विश्वविद्यालय) अनुसन्धानको उद्देश्य दैनिक दुईपटक घरबाहिर खाना खाँदा कस्तो असर पर्छ भन्‍ने मूल्यांकन गर्नु रहेको छ," विश्वविद्यालयका पोषण विज्ञानका रिडर तथा अनुसन्धानमा प्रमुख डा. आन जी डेभिसले भने । 

"बेलायतमा घर बाहिर खाने प्रचलन बढ्दै गएको छ । जसमा पछिल्लो केही वर्षयता धेरै किशोर र युवापुस्ताका छन् । यसले मोटोपना, केही मेटाबोलिक जोखिम, र मुटुसम्बन्धी रोगमा कसरी प्रभाव पार्छ भन्‍ने विषयको अनुसन्धान गरिएको छ । हामीले यसलाई १५ जनामा सहभागीमा परीक्षण गरेका छौं," उनले थपे ।

Royal Enfield Island Ad

परीक्षणका क्रममा उनीहरुले उनीहरुको खानेकुराको तालिकाको शीर्ष रोजाइमा कबाब, फ्राइड चिकेन, बर्गर, पिजा, फिस एन्ड चिप्स, इन्डियन एन्ड चाइनिज् फुड बढी भएको पाइयो । यि मात्रै किन भन्‍ने प्रश्‍नको जवाफमा उनीहरुले भने, "बेलायतमा यी खानेकुरा अति चर्चित छन् ।"

परीक्षणको अन्तिममा सहभागीले कस्तो महसुस गरे ? 

सहभागीहरुले चिकित्सा परीक्षणको भिडियो डायरी बनाए । त्यसैगरी उनीहरुले दुई सातामा प्रगति हासिल गर्ने चुनौती उत्साहका साथ सुरु गरे । तर, नियमित आहाराको व्यवस्थापन निकै कठिन भयो । 

केहीले सहभागीलाई राम्रो निद्रा नपर्ने, अल्छिपना, प्रेरणा अथवा कुनै कुरामा ध्यान नलाग्‍नेलगायतका समस्याको सामना गरे । 

"समग्रमा, अधिकांशको तौल बढेको, जसमा धेरैलाई मोटोपनाको समस्या थियो । सहभागीमध्ये करिब आधामा मुटुसम्बन्धी रोगको संकेत, प्लाज्मा ट्रिग्लाइसेराइड्स (रगतमा बोसोको मात्रा बढ्दै जानु) को समस्या थियो । दुई साताको अनुसन्धानको अवधिमा केहीमा धेरथोर तलमाथि भएपनि महत्वपूर्ण परिवर्तन भने देखिएन ।"

यसको राम्रो कुरा के छ भने यदि उनीहरु आफ्नो नियमित पोषण र आहारा व्यवस्थापनमा फर्किए भने दीर्घकालीन स्वास्थ्य समस्याको सामना भने गर्नुपर्ने छैन । "केही सहभागीहरुमा तौल बढ्‍ने समस्या र अन्य जोखिमका संकेत भएपनि दुई साताकै अवधिमा पनि उक्त जोखिमको मात्रा कम हुँदै गयो,"  डा.  डेभिसले भने । 

यदि आहारा व्यवस्थापन गरिएको थियो भने...

परीक्षणको अन्तिम चरणमा सहभागीहरुले नियमित आहारमा फर्किनसक्ने भएकोमा खुसी व्यक्त गरे । तर, यदि उनीहरुले दिनको दुई पटक घरबाहिरको खानेकुरा खाने बानी महिनौ र वर्षौसम्म जारी राखे भने उनीहरुको स्वास्थ्य गम्भीर समस्याहरु हुनसक्छन् । 

डा. डेभिस भन्छन्, " जब यस्तै किसिमका अन्य परीक्षणका परीणामहरुला तुलना गर्ने हो भने मैले बढ्दै गरेको सहभागीहरुको शरीरको तौल र मुटुसम्बन्धी रोगको जोखिमका विषयमा नकरात्मक स्वास्थ्य परीणाम आउनसक्ने देख्छु ।" 

के पिजा साँच्चै अस्वस्थ हो ?

उक्त कार्यक्रमकै दौरान विश्वविद्यालयका रिडिङ प्रोफेसर गुन्टर कुन्लेले गरेको परीक्षणमा पिजालाई अन्य पाँचवटा घरबाहिरका खानेकुरासँग तुलना गर्दा पिजामा धेरै क्यालोरी र चिल्लोपना हुने पाइएको छ । 

डा. डेभिसले गरेको अर्को अनुसन्धान 'घरबाहिरका विविध खानेकुरामा पोषणको मात्रा' मा स्वास्थ्यका लागि पिजा सबैभन्दा 'खराब' 'टेकअवेज्' भएकव दाबी गरेका छन् । तर, उनले घरबाहिरका सबै खानेकुरालाई एउटै तराजुमा हालेर परिणाम निकाल्‍न नहुनेसमेत सुझाएका छन् । 

"नुनिलो, चिल्लो र अन्य मसलाको मात्राको औसत परिमाणको आधारमा परीक्षण गर्दा अन्‍य घरबाहिरका खानेकुराभन्दा पिजा सबैभन्दा शीर्षसूचीमा छ," डा. डेभिस भन्छन्," केही चिनियाँ खानेकुरामा गुलियो र नुनिलोको मात्रा बढी हुन्छ भने कबाबमा चिल्लोको मात्रा बढी हुन्छ । त्यसकारण कुन कुरा सबैभन्दा खराब भन्‍न सकिने अवस्था रहँदैन ।" 

"हाम्रो अनुसन्धानबाट मध्यम औषत परिणामले के देखाउँछ भने पिजामा इनर्जीको मात्रा अत्यधिक हुन्छ । त्यसपछि क्रमश:  कबाब, इन्डियन र चिनियाँ खानेकुरामा", डा. डेभिस भन्छन् । 

प्रोफेसर कुन्लेले गरेको अनुसन्धानबाट अन्य घरबाहिरका खानेकुराको तुलनामा ब्रान्डेड चिकेन र चिप्स पोषणको मात्रा हेर्ने हो भने कम हानीकारक हुने सुझाएको छ । यस्तो हुनुको मुख्य कारण यसको आकार सनो हुने भएकोले कम हानिकारक देखिएको हुनसक्ने उनको तर्क छ । 

ब्रान्डेड चिकेन र चिप्सलाई अन्य खानेकुराको तुलनामा कम हानीकारक सुझाएका प्रोफेसर कुन्लेले अन्य 'बिग ब्रान्ड' का खानेकुरहरु अधिक अस्वस्थकर हुने बताएका छन् । उनले भने, "चेन रेस्टुरेन्ट र अन्य होटल-रेस्टुराँहरुमा चेन रेस्टुरेन्टहरुले पोषणको मात्रा निर्धारण गरेका हुने तर, अन्यले यस्तो नगर्दाको फरकका कारण यस्तो हुन्छ । चेनको तुलनामा अन्य होटेल रेस्टुराँहरुका खानेकुरामा इनर्जीको मात्रा धेरै हुने उनको सुझाव छ । 

एप्सले टेकअवेज्‌को प्रकृति परिवर्तन गर्दैछ !

आगामी दिनमा यस्तै किसिमका अनुसन्धान गरिए भने के चर्चित घरबाहिरका खानेकुरामा अहिलेको भन्दा भिन्‍नता पाइएला ? विभिन्‍न डेलिभरी एप्सले हाम्रो खानेशैलीमा परिवर्तन गरेको छ । जसले हामीले के खान्छौं मात्र नभएर कहाँ खान्छौं भन्‍ने कुरालाई पनि अर्थपूर्ण बनाएको छ । 

"सन् २०१९ मा सार्वजनिक गरिएको 'जस्ट इट' को वार्षिक प्रतिवेदन अनुसार २१ प्रतिशत ग्राहकहरु थपिएका छन् । जुन २१ करोड नयाँ प्रयोगकर्ताहरुले मोबाइल एप्समार्फत खानेकुरा अडर गर्न थालेका छन् । यो आश्‍चार्यको तथ्यांकलाई मूल्याकंन गर्दा आगामी दिनमा यो तथ्यांक निकै बढ्‍ने देखाउँछ," बेलायतस्थित युगोभ डाटा प्रोडक्ट प्रमुख अमेलिया ब्रोफीले भनिन् । 

परम्परागत खानेकुरा अडर गर्नेको संख्या कम भएको र नयाँ-नयाँ खानेकुराको अडर गर्नेको संख्यामा वृद्धि भएको उनले बताइन् ।  उनले भनिन्, "विभिन्‍न एप्समार्फत खानेकुरा मगाउनेको संख्यामा वृद्धि भएसँगै बेलायतीहरुले घरबाहिर रेस्टुराँमा गएर खानेबानी विस्तारै कम गर्दैछन् । तर, आफू बसेकै स्थानमा परम्परागत खानेकुराभन्दा पनि नयाँ-नयाँ खानेकुराहरु मगाउने प्रचलन बढ्दो छ ।" 

यदि हामीले हाम्रो स्वास्थ्यलाई राम्रो बनाउने हो भने हाम्रो खानेशैली, खानेकुराको मात्र र पोषकतत्वको मात्रामा विशेष ध्यान दिनुपर्छ । - बीबीसी 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro