site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संकलन कार्य रोकिएपछि चितवनमा रगत अभाव 
SkywellSkywell

चितवन । रगत संकलनका कार्यक्रम नभएपछि चितवनका अस्पतालहरूमा  रगतको अभाव खड्किएको छ । कोराना भाइरसको संक्रमणका कारण सरकारले भेला तथा जमघटका कार्यक्रम गर्न स्थगित गरेसंँगै जिल्लामा रगतको अभाव भएको हो । 

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले भाइरसको संक्रमण हुन सक्ने भन्दै जिल्ला प्रशासनले जमघटका कार्यक्रम स्थगित गर्न आह्वान गरेसँगै मनोवैज्ञानिक असरका कारण  समस्या परेको बताए । उनका अनुसार यसअवधिमा मात्रै १० वटा भन्दा बढी रक्त संकलनका कार्यक्रम स्थगित भएका छन् ।

KFC Island Ad
NIC Asia

विद्यालय, विभिन्न निजी तथा सामाजिक संघ संस्थाहरूले नियमित गर्दै आएका रक्त संकलनका कार्यहरू रोकिँदा यसको असर जिल्लाका अस्पतालमा परेको उनले जानकारी दिए । 

क्षेत्रीय रक्तसञ्चार केन्द्र, भरतपुरका प्रमुख रमेशकान्त पौडेल रगत अभावका कारण आकस्मिक सेवा बाहेक अन्य बिरामीका लागि रगत दिन नसकिएको बताउँछन् । ‘हामीसंँग अब स्टक रगत छैन, बिरामीलाई चाहिएमा रगत सट्टापट्टा गरेर चलाएका छौं,’ उनले भने । स्थानीय सरकार र प्रशासनले रगत संकलनका लागि अवरोध नगरे पनि जिल्लाका अधिकांश कार्यक्रम परसर्दा रगत संकलन हुन नसकेको उनको भनाइ छ ।

Royal Enfield Island Ad

रक्त अभावका कारण विभिन्न माध्यमबाट रक्तदाताहरूलाई रगत संकलनका लागि अपिल गरिए पनि अपेक्षित उपलब्धि नभएको पौडेलले बताए । उनका अनुसार जिल्लाका अस्पतालहरूमा दैनिक औसत १५० युनिट रगत आवश्यक पर्छ । 

जिल्लामा भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसंँगै यहांँ दुईदर्जनभन्दा बढी अस्पताल सञ्चालित छन् । कार्यालयले यसअघि चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुर लगायतका जिल्लाबाट रगत संकलन गरेर ल्याउने गरे पनि अहिले सो कार्यसमेत प्रभावित भएको जनाएको छ ।

जिल्लामा माग हुने रगतमध्ये सबैभन्दा बढी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका बिरामीलाई जाने गर्छ । यसका साथै भरतपुरको सरकारी अस्पताल, दुई निजी मेडिकल कलेज र निजी अस्पतालमा पनि रगत आवश्यक पर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro