site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पदभार ग्रहण गर्दै अर्थमन्त्रीले भने, ‘कमान्डरले फिर्ता नबोलाएसम्म योद्धा मैदानमा लडिरहन्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । युवराज खतिवडाले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि मन्त्री पदबाट हिजो (मंगलबार) राजीनामा दिएका खतिवडाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएपछि आज (बुधबार) पुनः  मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।

पदभार ग्रहण गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘कमान्डरले फिर्ता नबोलाएसम्म अथवा युद्ध नजितेसम्म योद्धा मैदानमा लडिरहन्छ ।’ अघिल्लो दिन राजीनामा दिएका खतिवडाले मन्त्रालय सम्हाल्नु विरलै हुने घटनामध्ये एक हो । यसअघि कोही मन्त्री एउटा कार्यकाल सकिएको भोलिपल्टैबाट पुरानै मन्त्रालयको कार्यभार सम्हालेका थिएनन् । यो दृष्य अर्थ मन्त्रालयमा मात्र नभएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia


प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई अर्थसहित सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पनि जिम्मेवारी दिएकी हुन् ।

यसअघि खतिवडा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्य बनेका थिए । तर, राष्ट्रियसभाको पहिलो कार्यकाल भएकाले गोलाप्रथाबाट खतिवडालाई दुई वर्षको मात्र कार्यावधिको चिठ्ठा परेको थियो ।

Global Ime bank

खतिवडा मन्त्री बन्दा उनी गैरसांसद मन्त्री बनेका हुन् । संविधनको धारा ७८ मा ‘संघीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुने’ व्यवस्था छ । यद्यपि उनको राष्ट्रियसभाको अर्को कार्यकाल भने अझै अन्योलमा छ । ६ महिनाभित्र सांसद नबने खतिवडाको मन्त्री पद यतिमै सीमित हुनेछ ।

मन्त्रिपरिषद्ले खतिवडालाई दोस्रोपटक राष्ट्रियसभामा सिफारिस गर्न सक्नेछ । अर्थात् राजनीतिक भागबन्डा मिले मन्त्रिपरिषद्ले खतिवडालाई दोस्रोपटक राष्ट्रियसभामा सिफारिस गर्न सक्नेछ । उनलाई प्रधानमन्त्री केपी ओलीको विश्वासपात्र मानिन्छ । गोकुल बाँस्कोटा अडियो टेप प्रकरणमा मुछिएपछि खतिवडा ओलीका सबैभन्दा नजिकका मानिन्छन् ।

दोस्रो कार्यकालका लागि अर्थमन्त्री नियुक्त हुँदा उनलाई प्रधानमन्त्रीको मात्र साथ रहेको बताइन्छ । खतिवडा राष्ट्रियसभा सदस्य भएपछि अर्थमन्त्री भएका कारण उनी नियुक्त हुने बेला पहिलो व्यवस्था प्रयोग गरिएको थियो ।

खतिवडाले दुवै मन्त्रालयको जिम्मेवारी सम्हाले पनि सरकारको प्रवक्ता भने अझै खाली छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !